८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आक्रोशित अल्पमतको ओली समूहः प्रचण्डलाई कारबाही, चार प्रदेशमा नयाँ संयोजक तोक्यो



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले एक-अर्कालाई कारबाही थालेका छन् । प्रचण्ड-नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।

बिहीबार बसेको ओली केपी शर्मा ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।त्योसँगै उक्त समूहले प्रचण्ड-नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ।

यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन् । उनी ओलीनिकट हुन् ।

बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ ।गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन् । यी दुई मुख्यमन्त्री ओलीनिकट हुन् ।

कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ । थापा पूर्वमाओवादी समूहबाट आएका हुन् ।

सुदूर पश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी थिए ।

जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ४ : ५२ बजे