काठमाडौं ।
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारीअनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ ।
आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए ।
अहिले केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन् । मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ ।
प्रतिक्रिया