८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ओली समूहबाट जिल्लिए टोपबहादुर रायमाझी !



काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओलीतिरै हुने भएपछि नेकपाका नेता टोपबहादुर रायमाझी फेरि जिल्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रायमाझीलाई आफ्नो समूहतिर लागे गृहमन्त्री बनाउने वचन दिएका थिए ।

मंगलबार बिहान ओलीले बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको भेला गरेका थिए । उक्त भेलामा नेता रायमाझीले स्वागत मन्तव्य राख्दै प्रचण्डले ओली सरकारलाई असहयोग गरेका कारण आफू ओली समूहमा आएको धारणा राखेका थिए ।

भेला सुरु हुनुभन्दा पहिले रायमाझीले आफूनिकट र आफूले चिनेजानेका पूर्वमाओवादी नेताहरुलाई फोन गरेका थिए । फोनमा उनले ‘म गृहमन्त्री बन्दैछु, बालुवाटारमा हाम्रो भेला छ, तपाई पनि आउनुस्’ भनेका थिए । तर, उनी ओली समूहका लागेको जानकारी पाइसकेका नेता–कार्यकर्ताले उनको फोन उठाएनन् । त्यसपछि उनले अरु नेताहरुलाई फोन गर्दै ‘त्यसले मेरो फोन नउठाउने, भोलि म चाहिन्नँ, त्यसलाई भन्दिनू’ भन्दै आक्रोश पोखेका थिए ।

तर, गृहमन्त्री रामबहादुर थापा ओली समूहमै रहने भएपछि रायमाझी जिल्लिएका छन् । नयाँ संविधान जारी भएपछि ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा उर्जामन्त्री थिए । उपप्रधानमन्त्री भइसकेका कारण सामान्य मन्त्रालयमा मन्त्री भएर जान उनी मानिरहेका छैनन् । बादलले गृहमन्त्री नछोड्ने भएपछि नेता रायमाझी फेरि जिल्लिएका हुन् । लोकपाटीबाट

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  १२ : ५४ बजे