८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेकपाको प्रथम अध्यक्ष ओली नै हो, प्रचण्ड उपाध्यक्षसरह हुनहुन्छः घिमिरे



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टीका नेता विमला घिमिरेले पुष्पकमल दाहाल र माधव कुमार नेपालको घेराबन्दीकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो कदम चाल्नु परेको बताउनु भएको छ । संसद विघटनपछि नेकपाका दुई धारहरु आआफ्नो भेला र रणनीतिमा जुटिरहेको बेलामा घिमिरेले सो कुरा बताउनु भएको हो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको नियमित कार्यक्रम समय संवादसंग विहीबार विहान अन्तर्वार्ता दिँदै उहाँले थुप्रै विकास र योजनाका काम गरे पनि पार्टीभित्रबाट सहयोग नभएपछि चुनावी वाचा पुरा गर्न ओलीले बाध्य भएर यो कदम चालेको प्रष्ट्याउनु भयो । अब वैशाखको चुनावमा नेकपाले जित हासिल गरी जनताका काम पुरा गर्ने भएकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा फुट्यो, वैधानिक पार्टी कुन हो नि ? प्रश्नको उत्तरमा उहाँले पार्टी नफुटेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, पार्टी फुटेको छैन । ‘प्रचण्ड माधव जिहरु हाम्रै पार्टीमा हुनहुन्छ । पार्टीको प्रथम अध्यक्षको रुपमा ओली नै हुनुहुन्छ । अर्को अध्यक्ष पुष्पकमल दाहाल भए पनि त्यो पद उपाध्यक्षसरह हो ।’ कपिलवस्तु कार्यथलो भएकी घिमिरेले जिल्लामा ओली समुहको बहुमत भएको दाबी गर्नुभयो ।

सोही कार्यक्रममै प्रदेश सांसद विष्णु पन्थीले नेकपा फेरी जुट्ने दाबी गर्नु भयो । बिभिन्न बाधाहरु र समस्यामा नेकपा एकतावद्ध भएर गएका धेरै उदाहरण रहेको स्मरण गर्दै यो घटनाले पार्टी एकपटक फेरि जुट्ने दाबी गर्नु भएको हो । रेडिया मायादेवीको सोही संवादमा उहाँले अब विघटित संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

चौतर्फी घेराबन्दीमा पारेर ओलीले यो कदम चाल्न बाध्य भएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘यो दुनियालाई थाहा भएको विषय हो । मैले थप प्रष्ट पार्न चाहिनँ ।’ उहाँले काम गर्न नसकेपछि कम्युनिष्ट आन्दोलनमाथि कुठाराघात गरी धोका दिनुभयो ।

अब संसद पुर्नस्थापना भएपछि सबै कुरा मिल्ने उहाँको दाबी छ । पुरा अन्तर्वार्ता सुन्न तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  ९ : २३ बजे