८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

१५ पुस प्रेमीहरूले घरजम गर्ने उत्तम साइत



नारायण घिमिरे

१५ पुस पुस महिनाको १५ गतेका दिन मनाइने चाड हो । १५ पुसदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ । लण्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ ।

नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो । ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटको अन्तर छ । नेपालमा गौरीशंकर हिमालमा घाम झुल्किएपछि ल्होछार नयाँ वर्ष ९१५ पुस० सुरु हुन्छ । नेपालका विभिन्न ठाउँमा यो चाड मनाउने गरिन्छ ।

१५ पुसको रात नसुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर बिताउने परम्परा थियो । यो चाड आफ्नो-आफ्नो घरमा नै मनाइन्छ । विशेष गरेर १५ पुसमा चामलको पिठोको मोटो रोटी (भुच्चाने रोटी_ बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ । त्यसैले पश्चिम नेपालमा कसैले मोटो रोटी बनाएमा १५ पुसको जस्तो रोटी बनायोु भन्ने वख्यान पनि सुन्न पाइन्छ ।

१५ पुस तमुहरूको नयाँ वर्ष हो । अन्यका लागि रात छोटो, दिन लामो हुन सुरु गर्ने दिन । नेपालमा १५ पुसमा समेत कति घरमा कालो मासको फुलौरा पनि पाक्ने गर्छ । नत्र फुलौरा प्रायस् माघे संक्रान्तिमा अनिवार्य पाक्ने नेपाली परिकार हो ।

मगरहरूले १५ पुसमा खुवा खाने गर्छन् । चेलीबेटीले आ–आफ्नो घरबाट चामल र रक्सी उठाउने र माइतीहरूले घिउ, कुखुरा वा बोका ल्याएर रोटी, रक्सी र मासुभात खाई सहभोज गर्ने चलनलाई नेपालीमा खुवा खाने भनिन्छ । सहभोजको यो वनभोज चाडमा खुवा खाँदै अविवाहित, एकले अर्कालाई मनपराउने मगर युवायुवतीहरू जीवनसाथीमा बाँधिने प्रण गर्ने समयको रूपमा लिने गरिन्थ्यो । उनीहरूबीच धेरैको यही दिनदेखि घरजम बस्ने र वैवाहिक जीवन सुरु हुने गर्थ्यो ।

आयुर्वेदको अष्टाङ्ग हृदयमअनुसार मानिसमा मौसमअनुरूप यौन क्षमताको विकास हुने गर्छ । जाडोको पुस, माघ र फागुन महिनामा स्वस्थ मानिसको शरीर हरेक दिन यौन कार्यमा संलग्न हुन सक्ने गरी आन्तरिक तैयारीमा बस्ने गर्छ । उचित यौनइच्छा जागृत गर्ने, तागत दिने पदार्थ खानामा संलग्न गरी खाएर जाडोको यो तीन महिना यौन कार्यमा लिप्त हुन चाहने जोडीहरूलाई पूर्ण सन्तुष्ट रहने गरी यौन तिर्खा निमिट्यान्न गर्न जाडोको महिना छान्न सल्लाह दिइन्छ ।

चैतदेखि वैशाख तथा असोजदेखि मङ्सिरको समयमा हरेक तीन दिनको अन्तरमा यौनसम्पर्कका लागि शरीरले आफ्नो तैयारी गरेको हुन्छ । जेठ, असार र साउनजस्ता गर्मी र ओसिलो महिनामा भने हरेक दुई हप्तामा एक पटक यौन कार्य गर्न उपयुक्त हुने गरी शरीर आन्तरिक तैयारीमा रहेको देखिन्छ ।

भर्खरै विवाहबन्धनमा बाँधिने युवायुवतीहरूमा यौन तिर्खाको अधिक आवेग रहने गर्छ । शास्त्रका अनुसार पुरुषमा महिलामा भन्दा धेरै र तुरुन्त काम इच्छा जाग्ने गर्छ । प्राचीन ग्रीक पौराणिक जयूस र हेराको कथाअनुसार एक महिलाले पुरुषले भन्दा सहवासको आनन्द नौ गुणा धेरै प्राप्त गर्छिन् । आइरिस पौराणिक कथा र सनातन हिन्दु शास्त्रका प्राचीन भंगश्वनाको कथा दुवैको मान्यतामा समेत आफूले इच्छाएको सहवासका क्रममा एक महिलाले पुरुषले भन्दा धेरै आनन्दको अनुभूति गर्छिन् ।

जैविक दृष्टिबाट मानिसमा यौनइच्छा जाग्नुमा टेस्टोस्टेरोनको ठूलो भूमिका हुन्छ । जुन पुरुषको प्रणालीमा महिलाहरूभन्दा २० गुणा बढी हुन्छ । जसका कारण पुरुषहरूमा महिलामा भन्दा धेरै छिटो यौनइच्छा जाग्नु प्राकृतिक नै हो ।

महिलालाई सम्भोगका बेला फरकफरक चार प्रकारको चरम सन्तुष्टिको अनुभूति दिलाउने क्लिटोरिक्स, योनीको आकार दिने गरी जीस्पट बनाएर बसेको भित्री आन्तरिक भाग, सेर्भिक्स र निप्पल गरी सन्तुष्टिदायक यौनाङ्गहरू आशीर्वादको रूपमा उपलब्ध छ । ब्राभो-डेल्टा नामकरण गरिएको महिला र पुरुषबीचको सबैभन्दा गहिरो भौतिक मिलनको बिन्दुमा यिनै चार यौन सन्तुष्टि दिने अङ्गहरूका कारण महिलामा पुरुषहरूमा भन्दा अत्यन्त गहिरो, चरम र विविध अनुभव प्राप्त गर्न सम्भव बनेको हो (कोन्कोर्डिया युनिभर्सिटीको वैज्ञानिक अनुसन्धान) ।

अन्वेषणहरूले पत्ता लगाएअनुरूप पुरुषको लिङ्ग र महिलाको यौन अङ्ग क्लिटोरिक्स दुवैमा ६ हजारदेखि ८ हजारसम्म समान संवेदनशील स्नायुहरू रहने गर्छन् । त्यो कारणबाट समागमका बखत हुने एकापसको घर्षण तथा संसर्गका अनुभूतिहरू स्नायुहरूमार्फत दिमागले बराबर नै प्राप्त गर्ने हुँदा दुवैतर्फ चरम सुखको महसुस लगभग समान हुने गर्छ । यौन अङ्गको आन्तरिक संरचनाबाहेक पुरुष र महिला दुवैमा समान प्रकृतिका इन्द्रीयहरू रहने हुँदा इन्द्रीयहरूमार्फत प्राप्त सूचनाका आधारमा दिमागले महसुस गर्ने चरम सुख पनि उस्तै हुने देखिन्छन् ।

महिलामा क्लिटोरिक्सबाहेक अन्य तीन यौन अंगहरूले सहवासको समयमा स्नायुमार्फत सहवासका छुट्टै अनुभूतिहरू दिमागमा नियमित पठाउने हुँदा तीनवटा अतिरिक्त अङ्गहरूले पठाउने फरक-फरक सूचनाको संयुक्त असर ज्यामितीय रूपमा दिमागले प्राप्त गर्दा महिलाहरूले पुरुषले भन्दा सहवासको समयमा नौ गुणा अधिक चरम सुख महसुस गर्ने कुराको वैज्ञानिक पुष्टि भेटिन्छ ।

यौनकार्यका दौरानमा पुरुषभन्दा महिलाको अलि ढिलो स्खलन हुने हुँदा महिलाले अलिक ढिलो चरम आनन्द प्राप्त गर्छिन् । तर, उक्त आनन्द पुरुषको भन्दा अधिक उत्कर्षको र लामो समयको हुने गर्छ । त्यसैले आयुर्वेदको रति-रहस्यले महिला प्रेम र यौन सुखमा पुरुषभन्दा महिला धेरै बढी कुशल रहने निष्कर्ष निकालेको छ ।

महिला-पुरुषको यौन कार्य व्यवस्थापनमा रहेको आधारभूत फरकपनका कारण नवविवाहित जोडी दुवैको सुरुवातको यौन तिर्खा निमिट्यान्न गर्न एकभन्दा बढी पटकको यौन क्रिया जरुरत रहने देखिन्छ । विवाहित जोडीको एकअर्कोप्रतिको लगाव र सन्तुष्टि विकासमा विवाहको सुरुवातका क्रमको यौन प्यास तृप्तिको गहिरो मनोवैज्ञानिक असर रहने गर्छ । यो अर्थमा शरीरको दैनिक सहवास गर्न सक्ने क्षमता विकास हुने गरी भएको आन्तरिक तयारी, जाडोको निष्क्रिय समय आदिको हिसाबमा १५ पुस विवाहका लागि वैज्ञानिक रूपमै सबैभन्दा उपयुक्त समय देखिन आउँछ ।

सहवासले चरम आनन्दबीच मानिसले आफ्नो शक्ति क्षयको अनुभूति गरिरहेको हुन्छ । वैज्ञानिक अनुसन्धानबाट सहवासका कारण महिलामा प्रतिमिनेट मात्र ३.१ किलो क्यालोरी र पुरुषमा मात्र ४.२ किलो क्यालोरी खर्च हुने गरेको देखाउँछ । जुन सामान्य हिँडडुल गर्दा लाग्ने शक्तिको हाराहारीमा छ । सहवासका क्रममा प्राप्त हुने मनोवैज्ञानिक सन्तुष्टि मूलतस् शरीरको अङ्गप्रत्यङ्गमा हुने रगतको सञ्चार, सूचना प्रवाह प्रणालीको तन्दुरुस्ती र पुनर्ताजगीपन आदिसँग जोडिएको हुन्छ ।

चरम आनन्दको अनुभूतिपछिको अनुभव र शक्ति क्षयीकरण हुँदाको अनुभवबीच फरक खुट्याउन नसक्दा मानिसले सहवासपश्चात् शक्ति क्षयको अनुभूति गर्दछ ।

सहवासका क्रममा चरम आनन्द लिँदै गर्दा शरीरमा शक्ति प्रवाह हुने बिन्दुहरू तरङ्गित हुने, शरीरको रोग प्रतिरोधात्मक क्षमता पुनर्ताजगी हुने, दिमाग स्थिर हुने, चेतना स्पष्ट बन्ने र तनावको लचिलोपनमा अभिवृद्धि आउने आदि हुने गर्दछ ।

यो कारणले गर्दा उत्कृष्ट यौन क्रियाका लागि तयार रहेर यौन गतिविधिमा संलग्न बन्ने समयमा शरीर र दिमाग दुवैका लागि जीवन्त शक्ति दिने तागतिलो तथा ओजस्वी खानपान जरुरत पर्दछ ।

ओजस एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ उत्साह । जब शरीरले जरुरतअनुरूपको पौष्टिक तागत पाउँछ, मनोवैज्ञानिक सहजता महसुस गर्छ । सहजतामा दिमागले आनन्दित महसुस गरिदिँदा उत्साह पैदा हुन्छ । उत्साही रहँदा शरीरका तन्तुहरू वलिष्ठ तथा सहनशील बनेको अनुभूति मिल्दछ ।

उक्त गतिविधिहरूबाट कोषहरूले स्वस्थपन र जीवन शक्ति प्राप्त गरेको अनुभूति गर्न पाउँछ । फलतः शारीरिक कार्यहरू र मनोवैज्ञानिक सक्रियता बढ्न गई मन नै फुरुङ्ग बनिदिन्छ ।

पाकेको भातमा लगभग ७० प्रतिशत पानी भेटिन्छ । पानी कटाएर हेर्दा भातमा झन्डै ८० प्रतिशत कार्बोहाइड्रेट हुन्छ । कार्बोहाइड्रेट आफैँ शरीरलाई राम्रो गर्ने चिनीको स्रोत हो । भातमा प्रोटिन मात्र ६।५ प्रतिशत र चिल्लो ०.५ प्रतिशतको हाराहारीमा हुन्छ । त्योबाहेक १३ प्रतिशत ओजस्वी प्रयोजनका आउने सूक्ष्म तत्त्वहरू जस्तैस् मिनिरल, भिटामिन, फाइबर र फ्लेभोनोइड, एन्टिअक्सिडेन्ट आदि हुने गर्छन् ।

१५ पुसमा सबैले खाने लट्टे बनाउन अनदीको चामल प्रयोग हुन्छ । अनदी एक प्रकारको मोटो स्टिकी चामल हो । नेपालमा रातो अनदी र सेतो अनदीको चामल प्रयोग हुन्छ । गुलियो भात चाम्रे अथवा लट्टे, दूधमा बनाएको खिर, भुटेको खट्टे, पिठो वाफ बनाएर बनाउने चिचड र सेल रोटी बनाउन अनदीको प्रयोग हुने गर्छ ।

बासमती चामलको भात मीठो स्वादको हुनुका साथै हल्का र सजिलै पचाउन सकिने, पचेपछि अरू अन्नले जस्तो रगतमा धेरै सुगर नबढाउने, शरीर शीतल राख्ने, तागतिलो हुन्छ ।

ग्लाइसिमिक इन्डेक्स सर्वोत्तम भएका कारण भात खान अति उपयुक्त मानिने बासमती चामलमा धेरै एमाइलोज हुने हुँदा यो चामलको भात फर्र पर्ने नटाँसिने हुन्छ ।

अनदी चामलमा भने थोरै एमाइलोज धेरै एमाइलो-पेक्टिन भएका कारण यसको भात टाँसिने वा च्यापच्याप लाग्ने हुन्छ । पहेँलो वा सेतो भनिने अनदी चामल झुसिलो मीठो र शरीर जोशिलो बनाउने प्रकृतिको हुन्छ । अनदी चामलको मुख्य गुण यसले शरीरको आन्तरिक अङ्गहरूले तन्दुरुस्त राख्न चाहिने चिप्लो पदार्थहरू, यौन कार्यका लागि चाहिने चिप्ला तरलीय पदार्थ आदिको निर्माण गर्न सहयोगी बन्छ ।

जाडो समयमा अनुहारको औरा वा चमक आकर्षक बनाउने, यौनांगमा जरुरी हुने चिप्लोपन निर्माण गर्ने, छालामा जरुरी हुने चिल्लो बनाउने, र्‍याल र हर्मोनका ग्रन्थीहरूलाई सक्रिय पार्न वर्षमा कम्तीमा दुई पटक अनदी चामलको लट्टे खानु उपयुक्त देखिन्छ ।

अनदीको चामलको भात आफैँले भने आन्द्रामा कब्जियत पैदा गर्ने हुँदा सो रोक्न घिउ र खुदो हाली लट्टे बनाएर यसको सेवन गर्नु अनिवार्य छ । जसलाई चाम्रे वा लट्टे भनिन्छ ।

रातो अनदीको चामलको भात खस्किएको उत्साह र औरा वा चमकलाई पुनर्स्थापना गरी नियन्त्रणमा राख्ने सबैभन्दा प्रभावकारी औषधीय खाना हो । रातो अनदीको चामलको भातले पिसाब खुलाउने, पुरुषमा वीर्य तथा वीर्य तैरने झोल, महिलामा अण्ड तथा योनी रसको वृद्धि गर्ने, भद्रपन बढाउन, मुड शान्त बनाउन, आँखाहरू चम्किलो र आकर्षक बनाउन, अनुहारमा चमक थप्न, तागतिलो र रसिक बनाउन उत्प्रेरकको काम गर्दछ । यसको ओजस्वी तथा पोषण तत्त्वहरू ज्वरो तथा अल्सरको औषधि हुने र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न धेरै उपयोगी हुने भेटिएको छ ।

हाम्रो विवाहको अवसरमा त्यसैले त गाईको घिउमा रातो अनदीको चामलको पिठो र सिमलीको जराको गुदीबाट बनेको रोटी, त्यही पिठोमा खुदो हाली बनाएको अनरसा, भुटेको रातो अनदीको पिठोमा सख्खर वा खुदो हाली त्यसमा अश्वगन्धासमेत हाली बाटेको कसार खाने पहिलेदेखिको रैथाने चलन चलेको हो ।

मङ्सिर, पुस, माघ र फागुन महिनाहरू विवाह कार्यका लागि उत्तम लगन ठानिनुको पछाडि अत्यन्त ठूलो आयुर्वेदिक अर्थ भेटिन्छ । त्यसमा पनि १५ पुस लाई घरजमको दिनको रूपमा रोजिनुको अत्यन्त वैज्ञानिक कारण छ ।

१५ पुसको घिउ-सक्खर-अन्न (अन्नमा प्रायस् चामल वा जौ वा उवा वा फापरको पिठो आदि) का परिकारहरू खाइनुमा मौसमअनुरूपको स्थानीय उत्पादनको उपयोग गरिनु पनि हो । पुवा, मालपुवा, अर्सा, अनरसा, लट्टे वा चाम्रे, सातु, कसार आदि मौसमअनुरूपका स्थानीय सब्जीहरूका साथमा खानु अर्को विशेषता हो ।

जसमा आलसको तेलमा पाकेको लौका, घिउ र जिम्बु झानेको गहतको दाल, मस्याङ, लौकाको पकौडा, सिलटिमुर, उसिनेका र पोलेका कन्दमूल आदि खाने चलन उदाहरणीय छन् ।

(खाद्य तथा औषधिविज्ञ, क्यानडा) शिलापत्रबाट

प्रकाशित मिति : ९ पुस २०७७ बिहिबार ००:००  १ : ०६ बजे