८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेकपा ओली खेमाको लुम्बिनी प्रदेश स्तरीय भेला काठमाडौँमा सुरु



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा को केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेश स्तरको भेला काठमाडौँमा सुरु भएको छ । नयाँ मनोनित र पुराना गरी ओली पक्षीय नेकपामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ३३८ जना केन्द्रीय सदस्यको भेला बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा जारी छ ।

सो भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेल, गृहमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सम्बोधन गर्ने छन् । संसद विघटन पछि दुई चिरा भएको नेकपाको ओली पक्षले बुधबार सातै प्रदेशका नेताहरुको भेला गर्दै छ ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  ३ : ०१ बजे