काठमाडौं ।
नेकपाका नेता प्रदीप नेपालले आफ्नो साथ प्रचण्ड–नेपाल समूहलाई दिएका छन् । उनले हिजो मंगलबार काठमाडौंमा भएको केन्द्रीय समिति बैठकको माइन्युट घरमै मगाएर हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।
उनी हाल बिरामी भएका कारण घरमा नै आराम गरिरहेकाले माइन्युट मगाएर हस्ताक्षर गरेका हुन् ।
नेकपाभित्रको विवाद चर्किरहेका वेला नेकपाका अध्यक्ष केपी ओलीका प्रतिनिधिहरूले दलभित्र समन्वयको भूमिका खेलिदिन भन्दै नेता नेपाललाई घरमा नै पुगेर अनुरोध गरेका थिए ।
तर, नेता नेपालले त्यसवेला आफू बिरामी अवस्थामा रहेकाले सक्रिय हुन नसक्ने भन्दै विवाद आफैँ–आफैँ मिलाउन सल्लाह दिएका थिए ।
प्रतिक्रिया