८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्थायी समिति सदस्य बलदेव, न्यौपाने र उपाध्याय प्रचण्ड–नेपाल समूहमा, घिमिरे लागिन ओलीतिर



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फूटको दिशामा पुगेको छ । ओली र प्रचण्ड–नेपाल दुवै समूहले नेकपा आ–आफ्नो भएको दाबी गरिरहेका बेला कानुनतः नेकपा कस्को हुने हो अझै फैसला भएको छैन् । यद्यपि नेकपा भने औपचारिक रुपमै फुटेको छ ।

नेकपा फूटेसंगै जिल्ला जिल्लामा पनि यसको असर देखिएको छ । कपिलवस्तुबाट नेकपामा एक स्थायी समिति सदस्य र तीन जना केन्द्रिय सदस्यले प्रतिनिधित्व गरेका थिए । स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’, केन्द्रिय सदस्यहरु गिरीधारलाल न्यौपाने, डोर प्रसाद उपाध्याय र विमला घिमिरे कपिलवस्तुका थिए ।

ओली र प्रचण्ड–नेपाल समूहमा गरी दुई समूह रहेको नेकपामा जिल्लाबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रिय नेता प्रचण्ड–नेपाल समूह तिर लागेका छन् । नेतृ विमला घिमिरे भने खुलेरै ओली समूहमा लागेकी छिन् ।

बहुमत केन्द्रिय सदस्यहरुले प्रचण्ड–नेपाल समूहको जिल्लामा वर्चश्व रहेको दाबी गरेका छन ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  १ : ४४ बजे