८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हामी जिल्लामा पूर्ण बहुमतमा छौं, भ्रममा कोही नपरौंः विष्णु पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु पन्थीले कपिलवस्तुमा प्रचण्ड–नेपाल समूहको पूर्ण बहुमत रहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटन गरेपछि पार्टी फूटको दिशामा प्रवेश गरेको बेला नेता पन्थीले जिल्लामा प्रचण्ड–नेपाल समूहको पूर्ण बहुमत रहेको बताउनुभएको हो ।

उहाँले केन्द्रिय कमिटीमा जस्को बहुमत छ उसैको आधिकारिक पार्टी नेकपा हुने भन्दै भ्रममा कोही पर्न नहुनेमा जोड दिनुभयो । व्यक्ति भन्दा पनि विचार महान रहेको भन्दै सिंगो नेकपा प्रचण्ड–नेपाल समूहको रहेको बताउनुभयो ।

जिल्लाका सबैजसो नेता आफ्नै समूहमा रहेको भन्दै अझै केही दिन सहज रुपमा नखुल्ने बताउनुभयो । ‘जिल्लाका १० वटै स्थानीय तहमा हाम्रो पूर्ण बहुमत छ । हाम्रो भनेको सिंगो नेकपा पार्टी हो यो पनि बुझ्नु होला । सिंगो पार्टीको बहुमत रहेको स्थानमा समूहको कुरै आउँदैन् नेता पन्थीले मायादेवी अनलाइनसंग भन्नुभयो, अबका केही दिनमा सबै नेता खुलेरै लाग्नुहुन्छ ।’

नेता पन्थी लुम्बिनी प्रदेशका सांसद समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  १ : १६ बजे