८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओली पक्षीय नेकपाको केन्द्रीय कमिटिमा बाँकेका ६ जना



नेपालगञ्ज ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले थप गरेको ५ सय ५६ केन्द्रीय सदस्यमा बाँकेबाट ६ जना परेका छन् । केन्द्रीय देवराज भारका अनुसार, विघटिन संसदका सदस्य नन्दलाल रोकाय, प्रदेश सांसद बाबुराम गौतम, शान्ति ढकाल, केशवराज गिरी, बलिभद्र पुन केन्द्रीय सदस्य भएका छन् ।

बाँकेमै राजनीति गर्ने दीपा शर्मा पनि केन्द्रीय सदस्य भएकी छन् । उनलाई काठमाडौँबाट राखिएको केन्द्रीय सदस्य भारले जानकारी दिए । केन्द्रीय सदस्य भनेर अरुको पनि प्रचार गरिए पनि भारले बुधबार हुने कार्यक्रमका लागि बोलाउन पठाएका यति नै भएको बताए । भार प्रतिनिधिसभाका सांसद हुन् भने एमाले हुँदाका केन्द्रीय सदस्य पनि हुन् ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  १२ : २७ बजे