८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कता जालान् राजनीतिका यी दुई अवसरबादी चतुर खेलाडी ?



मायादेवी अनलाइन, चार नम्बर ।
सत्तारुढ नेकपाका नेताहरु आआफ्नो कित्ता प्रष्ट पारेर दुई समूहमा लागेका छन् । तर उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल अझै तटस्थ छन् ।
मंगलबार ओली र प्रचण्ड–नेपाल समूहको बैठकमा उनीहरु सहभागी भएनन् । ओली र दाहाल–नेपाल समूहले आ–आफ्नो समूहको बैठकमा सहभागी हुन गरेको आग्रह अस्वीकार गर्दै गौतम र थापा कुनै पनि बैठकमा सहभागी भएनन् । दुवै नेता आन्तरिक छलफलमै रहेका छन् ।

मंगलबार गौतम निवास भैंसेपाटीमा गौतम र थापाबीच केहीबेर छलफल भएको थियो । गौतम र थापा पार्टी फुटको विरुद्धमा उभिँदै आएका छन् । उनीहरु निकटका केन्द्रीय सदस्यहरू भने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी भएका छन् ।

पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसहितका नेताहरू ओली समूहको बैठकमा सहभागी भएका छन् । यी दुई नेतालाई नेपालीमा चतुर राजनीतिका खेलाडीका रुपमा लिने गरिन्छ भने अवसरबादी नेताको रुपमा पनि बुझ्ने धेरै छ ।

एक नेताका अनुसार जसको पल्लाभारी हुने देखिन्छ त्यतै उनीहरु मोडिने छन् । तर धेरैले केपी शर्मा ओलीतिरै उनीहरु जाने आंकलन गरेका छन् । बामदेवको निश्चित नभए पनि थापा ओलीको पाटीमा सहध्यक्ष सहित गृहमन्त्री रहने मनसायमा रहेको उनी निकट केही नेताले बताए ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  ७ : ५९ बजे