८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आर्मीले पायो एएफसीको क्लब लाईसेन्स, अब प्रतियोगिता खेले



एजेन्सी ।

विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ ।लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको हो ।अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मापदण्ड पुरा गरेको आर्मीलाई एएफसीको क्लब लाईसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । एन्फाको प्रस्तावसंगै एएफसीले आर्मीलाई क्लब लाईसेन्सिङ प्रदान गर्नेछ ।

यसअघि एन्फाले सन् २०२१ का लागि कुनैपनि क्लबलाई एएफसीको लाईसेन्सका लागि प्रस्ताव नगर्ने बताएको थियो । एएफसीको क्लब लाईसेन्सिङ हेर्ने एन्फाको निकायले मापदण्ड नपुगेको भन्दै ए डिभिजनका १३ क्लबलाई आयोग्य बताएको थियो । तर आर्मीले मापदण्ड पुरा गर्न चालेको कदमको प्रशंसा गरेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु खेलकुदमा चिनिएको विभागीय टिमलाई बेग्लै क्लब दर्ता गर्न एएफसीको सुझाव थियो ।

सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषद्मा फुटबल खेल्ने उद्धेश्य सहित छुट्टै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गरेको छ । मापदण्ड पुरा भएसंगै आर्मीलाई एन्फाको अपिल कमिटिले क्लब लाईसेन्स दिने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले समेत आर्मीले क्लब लाईसेन्स प्राप्त गरेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष शेर्पाले आर्मी एएफसीको क्लब लाईसेन्स प्राप्त गर्ने पहिलो क्लब बनेको बताए । क्लब लाईसेन्स प्राप्त गरेसंगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  ७ : ०३ बजे