८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

घरेलु मैदानमा युभेन्टसको लज्जास्पद हार



एजेन्सी ।
इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टसले फियोरेन्टिनालाई ३–० ले नतिजा सुम्पिएको हो ।

युभेन्टसलाई स्तब्ध पार्न फियोरेन्टिनाका डुसान भ्लाहोभिक र मार्टिन कासेरेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलमा पाहुना टोली फियोरेन्टिनाले खेलको तेस्रो मिनेटमा नै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो । उनले फ्रान्क रिवेरीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युभेन्टस १८औं मिनेटमा १० खेलाडीमा समेटियो । जुवान क्वारड्राडोले गेइटानो कास्ट्रोभेल्लीलाई फल गरेपछि सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहाया लिदै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि युभेन्टस समस्यामा परेको थियो ।

१० खेलाडीमा समेटिएपनि युभेन्टसले फियोरेन्टिनालाई दवावमा राखेपनि ७६औं मिनेटमा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसको खेलमा फर्कने सम्भावना सकिएको थियो । अम्राबातको प्रहार ब्लक भएपछि रिवाउन्डमा फ्रान्क रिवेरीले दिएको पासलाई क्रिस्टियानो बिराघीले क्रस गर्दा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८१औं मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टसले सिरी ‘ए’ मा पहिलो हार चाख्न बाध्य बन्यो ।यो हारसँगै युभेन्टस १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा झर्दा फियोरेन्टिना १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि परिसकेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७ बुधबार ००:००  ६ : ५४ बजे