८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने दाहाल-नेपाल समूहको निर्णय



काठमाडौं ।
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ५ : १० बजे