८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रचण्ड-नेपाल पक्षको बैठकमा ३ सय १० केन्द्रीय सदस्य, ओली गुट आत्तियो



काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटी बैठकमा झन्डै ७० प्रतिशत सदस्य सहभागी भएको उक्त समूहले दाबी गरेको छ।

मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको उक्त समूहको बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् । यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए ।

प्रचण्ड-नेपाल पक्षले भने बालुवाटारमा भएको बैठकलाई गुट भेला भएको बताएका छन्।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ४ : ५५ बजे