८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओली सरकारको असंवैधानिक कदमलाई समर्थन गर्न सकिँदैनः देउवा



काठमाडौँ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमलाई समर्थन गर्न नसकिने बताएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति देउवाले अब कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘ओली सरकारले असंवैधानिक कदम चालेको छ। यसलाई समर्थन गर्न सकिँदैन। हामीले अहिलेको अवस्थालाई प्रक्रियामा ल्याउनका लागि अभिभावकीय भूमिका खेल्नु पर्ने अवस्था आएको छ।’ यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अभिभावकको भूमिका खेल्नु पर्ने अवस्था आएको तर त्यो भूमिका सजिलो नभएको टिप्पणी गरे। कसैले सत्ताको लोभ देखाएमा त्यसको पछि लाग्न नहुने पौडेलको भनाइ छ। उनले ओलीको असंवैधानिक कदम सच्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अहिले बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ४ : २४ बजे