८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सुनवल नगरपालिकाले दिने भयो कोभिड प्रभावित व्यवसायीलाई अनुदान रकम



परासी ।
नवलपरासीको सुनवल नगरपालिकामा कोरोनाबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई ३२ हजार रुपैयाँका दरले नगद अनुदान दिइने भइएको छ । युएस आइडी तयार नेपालको आर्थिक पुनर्लाभ कार्यक्रम अन्तर्गत ती लाभग्राही व्यवसायीहरुलाई उक्त शसर्त अनुदान रकम केहिदिन भित्रै वितरण गरिने गरिने छ ।

सुनवल नगरपालिकाले आयोजना गरेको आर्थिक पुनर्लाभ कार्यक्रमको शसर्त अनुदानका लाभग्राहीहरुसँग प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा पहिलो चरणमा ७५ जनाको हस्ताक्षर संकलन गरि उक्त अनुदान रकम वितरण गर्न तयार नेपाललाई सिफारिश गरिएको छ । नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा लाभग्राहीले निवेदन अनुसारको व्यवसाय सुचारु गर्न हस्ताक्षर गरेका हुन् ।

कोरोनाबाट प्रभावित व्यवसायीहरुको आर्थिक उपार्जनका लागि उनीहरुलाई पुनस्र्थापित गराउने उद्देश्यले उक्त शसर्त अनुदान रकम सोझै लाभग्राहीहरुको खातामा पठाईने तयार नेपालका फिल्ड अधिकृत छबिलाल सुनारले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले यो शसर्त अनुदान रकम प्राप्त गरेपछि बदमासी नगरिकन आ–आफनो व्यवसाय संचालन गरि आयआर्जनमा ध्यान दिन लाभग्राहीहरुलाई सुझाव दिए । उनले लाभग्राहीहरुलाई नगरपालिकाबाट थप प्राविधिक सहयोग गर्ने र आवश्यक तालिमहरु समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुनवल नगरपालिकाले कोरोना भाईरसको रोकथाम र व्यवस्थापनमा उत्कृष्ट कार्यगरेका र सरकारले निर्धारण गरेको मापदण्ड पुगेकाले यस कार्यक्रमका लागि नगरपालिका छनौटमा परेको नगर प्रमुख थापाले बताउदै नगरपालिकामा यो ५० लाख ५६ हजार अनुदान रकम गरिब व्यवसायीहरुको लागि निकै लाभदायी कार्यक्रम रहने विश्वास व्यक्त गुर्न भयो । यो कार्यक्रम नेपालको १२ वटा स्थानिय तहहरुमा मात्र संचालनमा रहेको छ ।

युएस आईडी तयार नेपालको आर्थिक सहयोग तथा हिकोडेफको सहजीकरण र सुनवल नगरपालिकाको समन्वयमा संचालित उक्त आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत नगरपालिकाको १३ वटै वडाबाट गरि १५८ जना शसर्त अनुदान प्राप्तका लागि छनौटमा परेका छन् ।

नगरपालिकाले कोभिड–१९ बाट प्रभावित गरिब, एकल महिला, दलित, अपाङ्ग, पिछडावर्गका व्यवसायीहरुलाई प्राथ्मिकतामा राखि केहि मापदण्ड बनाएर वडा÷वडाबाट लाभग्राहीहरुको निवदेन माग गरेको थियो । वडा-वडाबाट संकलित लाभग्राहीहरुको निवेदन प्रति छानबिन हुँदा र मापदण्ड पुरा गरको उक्त १५८ जना लाभग्राहीहरु यस अनुदानका लागि छनौटमा परेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७७ बिहिबार ००:००  ९ : ४८ बजे