राजेन्द्र पौडेल ।
जुन देश वा समाजमा छोरीचेलीहरुले आफूलाई सुरक्षित अनुभव गर्न सक्दैनन् त्यहाँ मानव सभ्यताको खिल्ली उडिरहेको हुन्छ । म केही वर्षयता व्यस्त सभ्य र सुरक्षित सहर टोकियोमा बस्दै आएको छु । सामान्य चिनजानको भरमा छिमेकी दशएघार वर्षे बालिकालाई मायाले अँगालोमार्दा यौन दुव्र्यवहारको आरोपमा तीन सय मान (तीस लाख येन) जरिवाना तिर्न पर्ने ठाउँमा बसेर मेरै मातृभूमिमा उस्तै उमेर समूहका बालिकाहरु सामान्य रुपमा यौन हिंसाको सिकार मात्र होइन चरणबद्ध रुपमा बलात्कार, हत्या हुँदासम्म अपराधीहरु खुलेआम हिँडिरहेका घटनाका समाचारले यो लेख लेख्न बाध्य बनाएको छ ।
केही समय पहिला एउटा जुम मिटिङमा जापानको एक विश्व विद्यालयमा प्राध्यापनरत एक महिला प्रोफेसरको अनुभव सुन्ने मौका मिलेको थियो ।उनलेजापानको नियम कानुन, चालचलन नबुझेका कारण पनि केही विदेशीहरु अप्ठ्यारोमा पर्ने गरेको उदाहरण दिने सन्दर्भमा लामो समयदेखि एउटै घरको तल्लो र माथिल्लो अपार्टमा बस्दै आएका नेपाली र जापानी परिवारबीच सामान्य किसिमको चिनजानी थियो । भेटमा सामान्य किसिमको बोलचाल हुने गर्दथ्यो । एकदिन ती नेपाली अर्धबैंसे पुरुषले त्यस्तै दशएघार वर्षकी जापानी बालिकालाई अँगालो मारेछन् । ती बालिकाले त्यसरी छुदा असजिलो अनुभव गरिन् र परिवारलाई घटना सुनाइन् । परिवारले पुलिस केस गरिदिए । त्यसपछि ती पुरुषलाई सेकुहारा (क्भहगब िजबचबककmभलत) अर्थात यौन हिंसाको अभियोगमा तीन सय मान (तीस लाख येन) जरिवाना तिर्न बाध्य हुनुप¥योतर ती पुरुषले गलत नियतले त्यसो गरेका होइनन् । उनले छोरीलाई जस्तै माया गरेर अँगालो मारेका हुन् भन्ने उनको मत थियो ।
नेपाली समाजमा यस्तो घटना अति सामान्य रुपमा लिइन्छ तर जापानी समाजमा पीडित पक्षले उक्त व्यवहार असजिलो महसुस गरेको खण्डमा पीडकले कानुनी कारवाही भोग्नुपर्ने हुन्छ ।
माथि विषय प्रवेशमै टोकियोलाई व्यस्त सभ्य र सुरक्षित सहर भन्नुमा मैले देखे भोगका अनेक उदाहरण छन् । ट्रेनमा यात्रा गर्दा छुटेको आइफोन सुरक्षित हातमा पर्नु, पैसा र महत्वपूर्ण कागजातले भरिएको पर्स बाटोमा खसेर हराउँदा पनि सुरक्षित फर्किएर आउनु, यस्ता धेरै उदाहरण छन् । यी विषयलाई अर्को कुनै सन्दर्भमा चर्चा गरौंला ।
यस लेखको उद्देश्य महिलाप्रतिको यौनहिंसा र दुर्व्यवहार, नेपाल र जापानको अनुभव प्रस्तुत गर्नु रहेकाले म त्यसैतिर केन्द्रित हुन चाहन्छु । कार्य व्यस्तताले नियमित व्यायाम गर्न कठिनाई भएको अवस्थामा म कहिलेकाँही घरमा बच्चाहरु सुतिसकेपछि रातिको दश एघार बजेतिर घर नजिकैको पार्कमा दौड्दै जाने गर्दछु । त्यस्तो मध्य रातमा पनि अरुले के भन्लान भनेर होइन आफूलाई सहज लाग्ने ड्रेसमा ढुक्कसँग एक्लै कुकुर डो¥याउँदै हिँडेका महिलाहरु, पार्कमा बसेर क्यान बियर पिउँदै गरेका युगल जोडीहरु देखिन्छन् ।
यहाँ न त रक्सी समस्या बनेको देखिन्छ न त महिलाहरुका ड्रेस नै । सबैले आ–आफ्नो इच्छा अनुसार आफूलाई अनुकूल पर्ने समयमा रमाइलो पनि गरेकै हुन्छन् । नियमित रुपमा लगनशिल भएर मिहिनेतसाथ काम पनि गरेकै हुन्छन् ।
यहाँका हरेक भठ्ठी पसलका वल्लो पल्लो टेबलमा बसेर नितान्त अपरिचित महिला पुरुषले ढुक्कसँग खानपिन गर्न सक्छन् । महिलाहरु पनि रक्सीले मातेर मध्यरातमा एक्लै दुक्लै ढुक्कसँग आफ्नो घरमा फर्कन सक्छन् । हरेक क्याफे र ड्रिंक्सबारहरुमा केटाकेटीहरु ढुक्कसँग समय बिताउन सक्छन् । अत्यन्तै भीडभाडयुक्त ट्रेन वा अन्य सवारी साधनमा वा अन्य भिडभाडमा पनि महिलाहरु ढुक्कसँग यात्रा गर्न सक्छन् ।यस्तो कसरी सम्भव भयो त भन्ने सन्दर्भमा केही पृष्ठभूमिगत आधारहरु अवश्य छन् ।
यस्तो सम्भव हुनमा मूलत, यहाँको पारिवारिक र सामाजिक वातावरण, शिक्षा, नीति, नियम कानुन र प्राविधिक विकासले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
पितृसत्तात्मक मानसिकताले ग्रस्त नेपाली समाजमा छोरी चेलीहरु गर्भबाटै असुरक्षित छन् । जन्मिसकेपछि पनि प्रत्यक्ष परोक्ष रुपमा पारिवारिक, सामाजिक विभेदको चपेटामा हुर्किएका हुन्छन् । त्यही परिवार र समाजसँगै हुर्किंदै गरेको बालकमा हिंस्रक र महिलालाई वस्तुका रुपमा ठान्ने प्रवृत्ति विकास भएको हुन्छ भने बालिकामा सहनुलाई स्वभाविक रुपमा ग्रहण गर्दै आत्मबल कमजोर हुँदै गएको हुन्छ । जसले गर्दा जीवनका हरेक पाइलामा छोरी चेलीहरु यौन हिंसाका सिकार बन्न बाध्य हुन्छन् ।
जापानी समाज यस्तो अवस्थाबाट अलि माथि उठेको पाइन्छ । खान लाउन अरुले के भन्ला भन्ने भन्दा पनि आफूलाई के लाग्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । बीस वर्ष पुगेकी छोरीचेली आफ्ना दाजुभाइ, बाबा आमा, कम्पनीमा काम गर्ने सहपाठी, माथिल्लो ओहदाका कर्मचारी या मालिकसँगै एउटै टेबलमा बसेर रक्सी पिउन सक्छन् । आफूलाई मन परेको केटा साथी या केटी साथीसँग ढुक्क भएर घुमफिर गर्न या एक अर्काको घरमा आवतजावत गर्न सक्छन् । जसले गर्दा उनीहरुमा उच्च आत्मबलको विकास भई असजिलो लागेको कुरामा तुरुन्तै प्रतिबाद गर्न सक्छन् ।
जापानमा जापानी भाषामा जानकारहरुले पक्कै पनि चिखान (भीडभाडयुक्त ठाउँमा महिलामाथि हुने यौन दुव्र्यवहार) र सेकुहारा शब्द सुन्नु भएको होला । यहाँ यौन दुव्र्यवहारसँग सम्बन्धित कानुन निकै कठोर छ ।
यसो हुनुमा समान र व्यवहारिक शिक्षानीतिको भूमिका पनि महत्वपूर्ण हुने नै भयो । त्यसैगरी कडा नियम कानुन अनि कानुन उलङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउन आवश्यक पर्ने घटनाका एविडेन्स सुरक्षित गर्ने प्रविधिको भूमिका पनि उल्लेख्य नै देखिन्छ ।
कडा नियम कानुनको सन्दर्भ त माथिको दोस्रो अनुच्छेदमा उल्लेखित घटनाले पनि बुझ्न सहयोग गरेको छ । यसलाई अझ प्रष्ट पार्न थप केही उदाहरुणहरु चर्चा गर्न चाहन्छु ।
जापानमा जापानी भाषामा जानकारहरुले पक्कै पनि चिखान (भीडभाडयुक्त ठाउँमा महिलामाथि हुने यौन दुव्र्यवहार) र सेकुहारा शब्द सुन्नु भएको होला । यहाँ यौन दुव्र्यवहारसँग सम्बन्धित कानुन निकै कठोर छ । त्यसैले यस्ता घटनाहरुबाट कोही पनि पीडित नहोउन भन्ने उद्देश्यले प्रत्येक कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई सुसुचित गर्नुका साथै पीडितका गुनासाहरु तुरुन्त सुनुवाई गर्ने गरेको पाइन्छ । हजारौं कर्मचारीले कामगर्ने कम्पनीमा अन्य किसिमका घटनाहरुको रिपोर्टिङका निम्ति विभिन्न विभागमा व्यवस्था गरिए पनि यौनहिंसासँग सम्बन्धित विषय प्रत्यक्ष कम्पनी मालिकसँग रिपोर्टिङ गर्ने सकिने व्यवस्था पनि मिलाइएको हुन्छ ।
जापानमा कस्ता व्यवहार या क्रियाकलापलाई यौन हिंसाको रुपमा लिइन्छ त भन्ने सन्दर्भमा थोरै उल्लेख गर्न चाहन्छु ।
यौन सम्बन्धी मजाक, चिढाउने वा जिस्काउने प्रश्नहरु गर्ने, पार्टी या यस्तै रमाइला कार्यक्रममा नजिक बस्न या रक्सी धेरै पिउन कर गर्ने । छाती, हात, कपाल आदि छुने, मुसार्ने । कार्यस्थलमा महिलाको कामुक फोटो या पोस्टरहरु देखिने गरी राख्ने । छिटो विवाह गर्दा हुन्छ नि, बच्चा अझै जन्माएको छैन ? जस्ता प्रश्न गर्ने । व्यक्तिगत फोन या इमेल गरी व्यक्तिगत विषयमा सोधपुछ गर्ने । सम्बन्धित व्यक्तिको नामले नबोलाई नाता लगाएर बोलाउने । कामसँग असम्बन्धित खाना खान, कुनै फिल्म हेर्न लगातार निम्ता गर्ने, प्रस्ताव राख्ने जस्ता व्यवहारलाई यौनहिंसाका रुपमा लिइन्छ ।
यस्ता सानातिना कुरालाई यौनहिंसाको संज्ञा दिएर कसैले थोरै तलमाथि गरेमा कठोर कारवाहीको भागेदार हुनुपर्ने ठाउँमा बसेर आफू जन्मे हुर्केको ठाउँमा छोरीचेलीहरुप्रति हुने गरेका दुव्र्यवहारहरु झलझली सम्झन्छु ।
गल्ली र चोकचोकमा बसेर ट्वाल्ट्वाल्टी मुखमा हेर्ने, अपशब्द बोल्ने, बाटो काट्दा साइकलको घण्टी बजाएर हुन्छ कि मोटरसाइकल वा गाडीबाट हर्न बजाएर भए पनि छोरीचेलीहरु जिस्काउने प्रवित्ति व्याप्त नै छ । देख्दा अति सामान्य देखिने यस्ता व्यवहारहरु नै महिलाहिंसा, यौनहिंसा मौलाउनका निम्ति उर्वर तत्वका रुपमा आएका हुन्छन् ।
नेपाली समाजमा देखिने यौनहिंसाहरु मध्यम वर्गको परिवारमा भन्दा उच्च घराना र आर्थिक हिसाबले विपन्न परिवार वा समाजमा एक हिसाबले उपेक्षित वर्गमा बढी हुने गरेको देखिन्छ । कूल घरान, इज्जत प्रतिष्ठा या यस्तै अनेकन शीर्षकमा छोरीचेलीहरुलाई प्रत्यक्ष आयआर्जनको बाटोबाट पन्छाएर सधैं भोग्य वस्तुको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ ।
यस्तै विपन्न या उपेक्षित वर्गमा अनेकन आर्थिक प्रलोभनमा पारी यौनशोषणमा पारेको देखिन्छ । सचेत, आत्म निर्भर र सह अस्तित्वको वातावरणका बीचमा हुर्किएका बालबालिकामा नै हिनता बोध र हिंस्रक प्रवृत्ति कम हुन्छ न सभ्य समाजको निर्माण हुन सक्छ ।
यहाँ समस्या रक्सीको या छोरीचेलीले लगाउने ड्रेसको होइन, दृष्टिकोणको हो । त्यसैले दश पाँच लिटर जाँड रक्सी पोख्दैमा, दुई चार बुङ तास च्यात्दैमा, दुई चार पटक सडकमा नाराबाजी गर्दैमा सामाजिक विकृतिहरु अन्त्य हुँदैनन् । यसका निम्ति समाजको धारणा नै परिवर्तन गर्ने शिक्षानीति, स्वाभिमानी पूर्वक काम गरेर आत्मनिर्भर भएर बाँच्ने वातावरण र गलत गर्नेहरुलाई जिन्दगीभर भारी हुने किसिमको कानुनी कारवाही, सामाजिक बहिस्कार गर्ने वातावरण सिर्जना भएमा पक्कै पनि यस्ता घटनाहरु कम भएरजानेछन् ।
लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियानका सन्दर्भमा समाजमा रहेका यौन दुराचारी, बलत्कारीहरुलाई परास्त गर्न सक्ने शक्ति प्रत्येक छोरी चेलीहरुलाई मिलोस्, यही छ शुभकामना ।
(लेखक पौडेल शिवराज ५, चन्द्रौटा निवासी हुनुहुन्छ भने हाल उहाँ जापान रहनुभएको छ ।)
प्रतिक्रिया