मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका सबै विद्यालय पुस १ गतेबाट नियमित संचालन हुने भएका छन् ।
विहीबार सम्पन्न नगरकार्यपालिकाको बैठकले पुस १ गतेबाट सबै संस्थागत तथा निजी बिद्यालय संचालन गर्ने निणर्य गरेको हो । कोरोना भाइरसको जोखिम रहेको भन्दै वाणगंगामा चैत्र देखि विद्यालय बन्द थिए । यद्यपि दशैं पछि भने विद्यालयहरुले आफु खुसी विद्यालय कक्षा सञ्चालन गर्दै आएका थिए ।
शनिबार नगर कार्यपालिकाले औपचारिक रुपमै विद्यालय खुलाउने निर्णय गरेपछि विद्यार्थीलाई पठनपाठन गर्दा भएको अन्यौलता हटेको छ ।
यस्तै कार्यपालिका बैठकले अरु महत्वपूर्ण निणर्यहरु पनि गरेको छ । जस अनुसार नदीजन्य पदार्थको ठेक्का सम्बन्धि कार्यबिधि स्विकृत गरेको छ । यससंगै अब वाणगंगा नगरपालिकाको टेण्डर खुल्नेछ ।
नगर प्रमुख मंगलप्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले अरु कार्यबिधी पनि पारित गरेको छ । जसमा पशुविकास कार्यक्रम संचालन निर्देशिका २०७७, घर बहाल कर ब्यवस्थापन कार्यबिधि ०७७, नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई कार्यबिधि ०७७, स्वास्थ्य संस्था स्थापना संचालन स्तरउन्नी तथा सरसफाई मापदण्ड सम्बन्धी कार्यबिधी ०७७ पारित गरेको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै बाल उद्धार संचालन कोष कार्यबिधी ०७७, बाल समुह गठन तथा सहजीकरण निर्देशिका ०७७, सुचना तथा अभिलेखकेन्द्रको स्थापना तथा संचालन कार्यविधि ०७७, सार्वजनिक जवाफदेहिता प्रर्बद्धन समिति कार्यबिधि ०७७ पारित गरिएको नगरका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया