८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भाण्टाको तरकारी खाँदा शरीरलाई फाइदै फाइदा !



मायादेवी अनलाइन ।
भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन । बैगन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनिने भाण्टालाई धेरै मानिसले भने रुचाउँदैनन् ।

भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कारण स्वादिलो भए पनि मानिसहरुले भाण्टालाई नरुचाएको पाइन्छ । तर भाण्टाको सेवनले चिलाउने होइन, यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्‍याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।

यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा :

१. भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।

२. न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

३. यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

४. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ ।

५. यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।

६. भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।

७. भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।

८. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।

९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।

१०. भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।

११. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।

१२. भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ ।

१३. यसको सेवन हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७ बुधबार ००:००  ५ : ५३ बजे