८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नरिवल पानी पिउँदाका यस्ता छन् ८ फाइदा



एजेन्सी ।
नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । एउटा नरिवलमा करिब २ सय मिलीलिटर भन्दा बढी पानी हुन्छ । नरिवल पानीले शरीरलाई तागत त दिन्छ नै, यसमा विषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ। एमिनो एसिड, बी कम्प्लेक्स, भिटामिन सी, एन्टिअक्सिडेन्ट लगायत तत्वहरु हामी नरिवल पानीमा पाउन सक्छौँ ।

यस्ता छन् नरिवल पानी पिउँदाका ८ फाइदा

१० किड्नीलाई स्वस्थ बनाउनका लागि नरिवल पानीले सहयोग गर्छ । यसको सेवनले किड्नीमा स्टोन हुन दिँदैन ।

२० थाइराइडको बिरामीको लागि नरिवल पानी लाभदायी हुन्छ । बिहानीको समयमा नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलित हुने गर्दछ ।

३० नरिवल पानीमा क्यालोरीको मात्रा कम हुने भएकाले यो खाएको धेरै बेर सम्म पनि भोक लागेको महसुस हुँदैन । यसकारणले तौल व्यवस्थापनमा नरिवल पानीले मद्धत गर्छ ।

४० नरिवल पानीको सेवनले छालालाई नरम र मुलायम बनाउँछ ।

५० नरिवल पानीमा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

६० नरिवल पानीमा फ्याट र कोलेस्ट्रोल नहुने भएकाले यसले मुटुको स्वास्थ्यका लागि पनि महत्वपुर्ण भूमिका खेल्छ ।

७० नियमित नरिवल पानी सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। यसले गर्दा धेरै रोग लाग्नबाट बच्न सकिन्छ ।

८० नरिवल पानीले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैन । बान्ता भएको समयामा, झाडापखाला लागेको समयामा शरीरमा पानी कम भएको समयमा पनि नरिवल पानी फाइदाजनक सावित हुन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ६ : ४७ बजे