एजेन्सी ।
धेरैलाई सोध्नै पर्दैन, अलि नियास्रो मान्दै भनिहाल्छन्, ‘मधुमेहले सताइरहेको छ ।’ उनीहरु थप्छन्, ‘अब के गर्ने होला ?’
मधुमेह साझा समस्या बन्दैछ, खासगरी शहरी जीवनमा । यस्तो घर सायदै होला, जो मधुमेहमुक्त होस् । परिवारका सदस्यमध्ये एकाधलाई यहि रोगले च्यापिसकेको हुन्छ । त्यही कारण उनीहरुको भान्सा समेत मिल्दैन । किनभने, मधुमेहको समस्यामा खानपानमा सतर्कता अपनाउनै पर्ने हुन्छ ।
मधुमेहले गाउँघरमा पनि प्रवेश गरिसकेका छन् । कतिपयले यसलाई ‘चिनी रोग’ भन्ने गर्छन् । चिनी रोग नै सहि, यो शरीरमा अतिरिक्त शुगर लेभल बढेर नै हुन्छ । शरीरमा शुगरको आवश्यक्ता हुन्छ । तर, चाहिदो भन्दा बढी भएमा मधुमेह लाग्छ । यही हो, चिनी रोग, शुगर, मधुमेह ।
कसरी हुन्छ ?
सजिलो एवं बुझ्ने भाषामा भन्ने हो भने, हाम्रो रगतमा ग्लूकोजको मात्रा बढी हुनु नै मधुमेह हुनु हो । रगतमा ग्लूकोज हुन्छ । तर, आवश्यक्ताभन्दा बढी भएमा त्यो समस्या हो ।
रगतमा कसरी ग्लूकोजको मात्रा बढ्छ त ?
जब शरीरको प्याक्रियाजमा इन्सुलिन पुग्न कम हुन्छ, रगतमा ग्लूकोजको स्तर बढ्छ । इन्सुलिन एक हर्मोन हो, जो पाचन ग्रन्थीले बनाउँछ । इन्सुलिनले शरीरभित्र खानेकुरालाई शक्ति एवं इनर्जीमा बदल्ने काम गर्छ । यो हर्मोनले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
के हुन्छ त ?
मधुमेह भएमा के हुन्छ त रु वा रगतमा ग्लूकोजको मात्रा बढी भएमा के हुन्छ ?
यदि त्यसो भयो भने शरीरमा हामीले खाएको खाना इनर्जीमा बदल्न कठिनाइ हुन्छ । यस्तो अवस्थामा ग्लूकोजको मात्राले शरीरको विभिन्न अंगमा हानी पुर्याउन थाल्छ ।
यसले आँखाको कार्यक्षमतामा ह्रास ल्याउँछ । मृगौला र कलेजोमा समस्या ल्याउँछ ।
कसलाई हुन्छ ?
यसलाई समाजमा खानदानी रोग पनि भनिन्छ । किन यसो भनियो त ?
किनभने यो रोग जीवनशैलीसँग सम्बन्धित छ । सुखसयाल खोज्ने, मिठो मसिनो खाने तर, त्यस अनुरुप शारीरिक श्रम नगर्ने, निस्त्रिmय बस्ने व्यक्तिलाई मधुमेहको समस्या हुन्छ ।
बजारमा पाइने प्रशोधित खाना वा पचाउन गाह्रो हुने भोजन गर्ने र शारीरिक रुपमा सक्रिय नहुनेहरु मधुमेहको चपेटामा फस्छन् ।
त्यसबाहेक यो वंशानुगत रुपमा पनि आउने गर्छ । वंशानुगतलाई टाइप- १ र अनियमित जीवनशैलीका कारण आउनेलाई टाइप-२ भनिन्छ ।
मधुमेह भएपछि के हुन्छ ?
मधुमेह भएपछि के हुन्छ रु अघि पनि भनियो खानालाई शक्तिमा रुपान्तरण गर्ने काममा समस्या हुन्छ । त्यसपछि ?
त्यसपछि शरीरका विभिन्न अंगलाई त्यसले समस्यामा पार्छ । शरीरमा ग्लूकोजको मात्रा बढेपछि हर्मोनल परिवर्तन हुन्छ । र, कोशिकाहरु क्षतिग्रस्त हुन्छ । यसले रगतको नसा र रगत दुबैलाई असर गर्छ । मुटुको धमनीमा रुकावट आउँन सक्छ । यहि कारण हृदयघात हुने उच्च जोखिम रहन्छ ।
मधुमेहको उपचार गरिएन भने त्यसले आँखाको रेटिनामा क्षति पुर्याउँछ ।
कसरी बच्ने ?
मधुमेह लाग्न दिनुभन्दा लाग्न नदिनु नै उत्तम हो । यसका लागि मधुमेहको संभावित जोखिम तत्वहरुबाट टाढा रहनुपर्छ । जस्तो कि, गलत खानपान, निस्त्रिmय जीवनशैली ।
यदि मधुमेह भइहाले पनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ । तर, यसका लागि स्वस्थ्य जीवनशैली, सन्तुलित खानपान, नियमित व्यायाम आवश्यक हुन्छ । पोषिलो र सन्तुलित खानपानसँगै सक्रिय जीवनशैलीले मधुमेहलाई काबुमा राख्न सकिन्छ ।
प्रतिक्रिया