८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज विजयादशमी, रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदै



काठमाण्डौँ ।

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।
टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनको भनाइ छ ।
सोमबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि दशमीका दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

दसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा र संवैधानिक निकायका प्रमुखले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् ।

यसैबीच दशै मनाउन सबै आआफ्नो घरघ जाँदा कपिलवस्तुमा पनि हिजो अस्तिको तुलनामा बजार सुनसान भएको छ । सबै दशैँ मनाउने कामम ब्यस्त छन् । पसलहरु बाहेक अन्य पसल हिजो तुलनामा आज कम खोलिएको पाइयो । सवारी साधन पनि हिजोभन्दा आज कम चलेका छन् । कपिलवस्तुको बाणगंगा नगरमा पहाडबाट बसाई सरी आउने धेरै भएका कारण अर्घाखाँची, गुल्मी, बाग्लुङ, पाल्पा लगायतमा जाँदा केही सुनसान भएको हो । सरकारले जो जहाँ छ त्यहीँ दशैँ मनाउन भने पनि महत्वपूर्ण चाड भएकाले ब्यापार ब्यावसाय गर्नेहरु धेरै आआफ्नो घर गएका छन् । त्यसैकारण पनि आज बजार थप सुनसान भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७७ सोमबार ००:००  ५ : २३ बजे