८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुका यी रेष्टुरेन्ट र होटल दशैँको दिन पनि खुल्ने छन्



मायादेवी अनलाइन, वाणगंगा ।
दशैंमा प्रायः देशभर सुनसानको स्थिति हुन्छ । मुख्यगरी काठमाडौं उपत्यका र शहरी क्षेत्रमा बढी सुनसान हुने गर्छ । यो वर्ष कोरोनाका कारण धेरै पसल र रेष्टुरेन्ट बन्द भएका छन् नै सप्तमीदेखि दशमीसम्म अधिकांश पसल तथा रेष्टुरेन्ट समेत बन्द हुन्छन् । कपिलवस्तु जिल्ला शहरीकरण भएको जिल्ला भए नभएता पनि पछिल्लो समय स्तरीय होटल र रेष्टुरेन्ट भने धमाधम खुलिरहेका छन् । स्वादका पारखी र छुट्टै रमाइलो गर्नेका लागि स्तरीय होटलहरु दशैँ र अघिल्लो पछिल्लो बन्द होलान् कि नहोलान् भन्ने जिज्ञासा रहेका कारण यी होटलको अवस्थाबारे मायादेवी अनलाइनले बुझेको छ ।

कोरोनाको कारण ६ महिना बन्द भएपछि होटल तथा रेष्टुरेन्टहरु बल्ल तंग्रिने अवस्थामा रहेका कारण चाडबाडमा पनि बन्द गर्न सक्ने अवस्थामा रहेको केही होटल तथा रेष्टुरेन्ट संचालक बताउँछन् । कपिलवस्तुमा बाणगंगा नगरका स्तरीय मानिएका मायादेवी रिसोर्ट, होटल श्रीपेच, पिस हिमालय रिसोर्ट, होटल एडी, बुद्धभूमिको होटल पौवा, तौलिहवाको रोयल फेमिली रेष्टुरेन्ट दशैँमा पनि संचालनमा आउने छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ती रेष्टुरेन्टले सेवा दिने छन् । दशैँ टिकाको दिन भने केही रेष्टुरेण्ट दिउँसो २ः०० बजेदेखि खुला रहने छन् भने केही दशैंको भोलिपल्टबाट चल्ने छन् ।

जिल्लाकै सुविधा सम्पन्न र स्विमिङ पुल समेत भएको वैरियाको मायादेवी रिसोर्टले दशैंको सबै दिन पहिलेकै स्तरमा सेवा दिने संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार केही कर्मचारी दशैँ मनाउन घर नगई ग्राहकलाई मिठोमिठो परिकार खुवाउन बसेको बताउनु भयो । ‘कोभिड–१९ का कारण यो वर्ष निकै लामो समयसम्म व्यवसाय नै प्रभावित भएको कारण ठुलोलगानी खेर जान सक्ने भन्दै चाडपर्वको बेला बन्द गर्न नसकिएको बताउनु भयो ।

मनोरञ्जन गर्न चाहने र नियमित ग्राहकको मागलाई मध्यनजर गर्दै होटल मायादेवीले यो वर्ष पनि निरन्तर सेवा दिन लागेको जनाएको छ । रेष्टुरेण्टमा प्रायः सन्ध्याकालिन समयमा ग्राहकको चहलपहल हुने त्यहाँका कर्मचारी बताउँछन् ।

Image may contain: 1 person, indoor

अर्को सुविधा सम्पन्न बाणगंगा–४ बुङ्चीमा रहेको होटल श्रीपेचका संचालक तिलक थापाले विदामा परिवारको साथ घर वाहिर गएर खाने चाहना हुने भएकाले त्यही चाहनालाई मध्यनजर गर्दै दशैैको भोलिपल्टबाट खुला गर्न लागिएको बताउनु भयो । थापाका अनुसार एकादशीबाट रेष्टुरेन्टमै आएर खान आउने र टेकवे दुबै खुला हुनेछ ।

Image may contain: 2 people, people sitting and indoor

विगत वर्षहरुमा दसैको विदामा पनि सेवा प्रवाह गर्दै आएको वैरियाको इभरग्रीन रेष्टुरेण्टले यो वर्ष पनि सेवा दिने छ । दशैँको दिनमा पनि बिभिन्न परिकारमा विशेष प्याकेजसहित होटल खोलिने संचालक माधव पौडेलले बताउनु हुन्छ । दशैँको टिका लगाइसकेपछि रातिसम्म पनि नयाँनयाँ परिकारको ब्यवस्थासहित होटल खुला नै रहने उहाँको भनाई छ ।

ठाकुरापुरको पीस हिमालय रिसोर्ट दशैँको दिन पनि खुल्ने छ । प्रबन्धक रामु न्यौपानेका अनुसार ग्राहकको माग बमोजिम रिसोर्ट बन्द गर्न नसकिएको बताउनु भयो । यस होटलमा स्विमिङ पुलको पनि बयवस्था छ । स्वास्थ्य मापदण्ड अपनाएर होटल चलाइने न्यौपानेले बताउनु भयो ।

Image may contain: 4 people, people standing and indoor


यस्तै जितपुरको होटल एडी पनि दशैँमा खुला रहने छ । एडीले दशैँको दिनबाहेक अन्य दिनमा आफ्नो रेष्टुरेण्ट खुला गर्ने संचालकद्धय दिनेश क्षेत्री र अर्बिन क्षेत्रीले बताउनु भयो । दशैँमा परिवारहित नयाँ स्वादमा रमाउन चाहाने र रमाइलो गर्नेलाई सेवा दिइने क्षेत्रीद्धयको भनाई छ ।

यसैगरी सदरमुकाम तौलिहवामा रहेका सुविधासम्पन्न तिलौराकोट इन्टरनेश्नल होटल र गौतम बुद्ध होटलले पनि दशैँमा सेवा दिने जनाएका छन । दशैँको दिनमा साँझ र अन्य दिनमा पुरा समय होटल संचालन गरिने संचालकको भनाई छ ।

No photo description available.

यस्तै तौलिहवामा रहेको रोयल होटल र फेम्लीले रेष्टुरेन्ट दशैँको तेश्रो दिनबाट खुल्ने छ । ग्राहकको माग बमोजिम स्वास्थ्य मापदण्ड अपनाएर रेष्टुरेन्ट खोलिने संचालक गोपाल खत्रीले मायादेवी अनलाइनलाई बताउनु भयो । ‘अधिकांश कर्मचारीहरु सबै घर गइसकेका छन् । थोरै जनशक्ति राखेर सेवा प्रवाह गर्ने योजना बनाएका छौँ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समेत रहनु भएका खत्रीले भन्नुभयो ।’

कपिलवस्तुका १० पालिकामध्ये बाणगंगा नगरपालिकामा होटल ब्यवसायमा मनग्य लगानी देखिन्छ । यहाँ करोडौँको लगानीमा स्तरिय होटल खोलिएका छन् । उता कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे लगायतमा रहेका केही होटल दशैँमा बन्द छन् भने केहीले दशैँमा पनि सेवा दिने जनाएका छन् । यस्तै कम लगानीका अन्य होटल र रेष्टुरेन्ट पनि दशैँमा संचालनमा आउने बताइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७ आइतबार ००:००  ३ : ०८ बजे