८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा गएर टिका लगाउने योजना बनाएकी छु’



मायादेवी अनलाइन, वाणगंगा ।
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी आउन अब एक दिन बाँकी छ । विगतमा दशंै लगायतका पर्वहरुमा विभिन्न कार्यक्रम गरेर रमाइलो गरिएता पनि यस वर्ष कोरोना भाइरसको महामारीका कारण कुनै किसिमको उल्लास दैखिदैन् ।

विगतका वर्षहरुमा भीडभाड हुने मठमन्दिर, बजारहरु पनि अहिले सुनसान जस्तै छन । जिल्ला प्रशासन कार्यालयले पनि बढी भीडभाड बढ्दा कोरोना संक्रमणको जोमिख उच्च हुने भन्दै बढी भीडभाड हुने कुनै किसिमका कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । सरकारले पनि यस वर्षका चाडपर्वहरु जो जहाँ छ त्यही बसेर मनाउन आग्रह गर्दै आएको छ ।

यसै सन्दर्भमा मायादेवी अनलाइनले सम्पर्कमा आएसम्मका स्थानीय सरकारका रुपमा रहेका कपिलवस्तुका उप प्रमुखहरुलाई उनीहरुले दशै कसरी मनाउँदै छन् त बुज्ने प्रयास गरेको छ ।

लक्ष्मी गुप्ता – उप प्रमुख, कपिलवस्तु नगरपालिका

कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ताले भने ओम शान्ती गृहमा गएर टिका ग्रहण गर्नुहुने छ । दशै सुरु भएबाट नै पूजापाठ गर्दै आएको र दशैको दिन ब्रह्माकुमारी विश्वविद्यालयमा गएर टिका लगाउने कार्यक्रम रहेको उहाँले मायादेवीलाई बताउनुभयो । हरेक वर्ष आफु ओेम शान्ती कहाँ गएर टिका लगाउने गरेको भन्दै यस वर्ष पनि टिका ग्रहण गर्ने योजना रहेको सुनाउनुभयो । साथै उहाँले दशैंलाई सभ्य रुपमा मनाउन पनि सबैमा आग्रह गर्नुभएको छ । विगतमा जस्तो जमघट हुने अवस्था अहिले नभएको भन्दै मर्यादित तवरले दशैं मनाउन सबैमा आग्रह गर्नुभयो । विजया दशमीको अवसरमा उहाँलेृ सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७ आइतबार ००:००  १ : ३० बजे