८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘यो बर्ष मेरो टिका छैन, तपाईहरुले सावधानी पूर्वक दशैं मनाउनु होला’



मायादेवी अनलाइन, वाणगंगा ।
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी आउन अब एक दिन बाँकी छ । विगतमा दशैं लगायतका पर्वहरुमा विभिन्न कार्यक्रम गरेर रमाइलो गरिएता पनि यस वर्ष कोरोना भाइरसको महामारीका कारण कुनै किसिमको उल्लास दैखिदैन् ।

विगतका वर्षहरुमा भीडभाड हुने मठमन्दिर, बजारहरु पनि अहिले सुनसान जस्तै छन । जिल्ला प्रशासन कार्यालयले पनि बढी भीडभाड बढ्दा कोरोना संक्रमणको जोमिख उच्च हुने भन्दै बढी भीडभाड हुने कुनै किसिमका कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । सरकारले पनि यस वर्षका चाडपर्वहरु जो जहाँ छ त्यही बसेर मनाउन आग्रह गर्दै आएको छ ।

यसै सन्दर्भमा मायादेवी अनलाइनले सम्पर्कमा आएसम्मका स्थानीय सरकारका रुपमा रहेका कपिलवस्तुका उप प्रमुखहरुलाई उनीहरुले दशै कसरी मनाउँदै छन् त बुज्ने प्रयास गरेको छ ।

चक्र अर्याल – उप प्रमुख, वाणगंगा नगरपालिका

वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले यस वर्ष सामान्य रुपमा दशैं मनाउदै हुनुहुन्छ । यस वर्ष टिका नभएका कारण घरपरिवारसंगै बसेर दशैं मनाउने अर्यालले मायादेवी अनलाइनलाई बताउनुभयो । उपप्रमुख अर्यालले यस वर्ष कोरोनाको सन्त्रास भएकाले सावधानी पूर्वक दशैं मनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

दशैंमा गरिने भीडभाडले संक्रमणको जोखिम हुन सक्ने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै दशंै मनाउन सबैलाई आग्रह गर्नुभएको छ । साथै उहाँले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा समस्त नगरवासीलाईलाई शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७ आइतबार ००:००  १ : २५ बजे