८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुको झुँगामा भयंकर अजिङगर, यसरी समातियो (भिडिओ)



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरिसृप प्राणीहरु भेटिने क्रम बढेको छ । आजभन्दा २ हप्ताअघि कोठी नदीमा गोही भेटिएकोमा आइतबार वडा नम्बर ४ झुँगामा ठुलो अजिंगर भेटिएको छ । कुवेरापुरको एक घरका सदस्यले खेतमा धान काटिरहेको अवस्थामा धान लत्रिएको देखिएपछि हेर्न जाँदा अजिंगर फन्को लगाएर बसेको थियो । झुँगाका एक युवकले अजिंगर निकै ठुलो भएकाले सुरुमा धान काट्नेहरु सबै डराएर भागेको बताउनु भयो ।

आफू भने अजिंगरले केही नगर्ने भनी समात्न खोजेको तर परिवारले रोकेकाले अजिंगर पछि घस्रँदै खेत नजिकेको रुखमा चढेको उहाँले बताउनु भयो । बकाइनोको रुखमा अजिंगर चढेपछि स्थानीय डराएका थिए । त्यत्तिकैम त्यहाँ ठुलो भीँड पनि लाग्यो ।

स्थानीयले अजिंगर समात्ने प्रयास गर्दै गर्दा पछि वनका प्रतिनिधिलाई पनि खबर भएर संयुक्त रुपमा नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शी ती युवाले बताए । स्थानीय युवा नविन शर्माले अजिंगर रखमा चढेपछि समात्न केही समय लागेको थियो । पछि डिभिजन वन कार्यालय पिपराका प्रतिनिधि आएपछि समातेर पुरा नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो । अजिंगर अन्दाजी ६ फिट लम्बाइको रहेको पनि शर्माले बताउनु भयो ।

यस विषयमा डिभिजन वन कार्यालयका प्रमुख दिल बहादुर तामाङसंग बुझ्दा त्यो सर्प नभई अजिंगर नै भएको बताउनु भयो । उहाँले यसलाई अब मायादेवी साझेदार बनमा छाडिने बताउनु भयो । अजिंगर आएको थाहा पाएपछि स्थानीय जम्मा भएका थिए । यो देखेपछि स्थानीय पनि अचम्ममा परेका छन् । यसअघि पनि झुँगामा एक अजिंगरलाई समातेर राजापानी सामुदायिक बनको चिडियाखानामा सुरक्षित राखिएको छ ।

हेर्नुहोस् भिडिओ

प्रकाशित मिति : ९ कार्तिक २०७७ आइतबार ००:००  ११ : ३४ बजे