मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना लक्षण देखिएर नीजि स्तरबाट जाँच गरेका बिभिन्न वडाका ब्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण देखिनेमा वडा नम्बर १ मा ६६ बर्षीय पुरुष, वडा नम्बर ६ मा ३० बर्षिय पुरुष र ४२ बर्षीया महिला, वडा नम्बर ८ मा ३२ र ६२ बर्षका पुरुष रहेका नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
उनीहरुमा लक्षणदेखिए पनि स्वास्थ्य अवस्था सामान्य देखिएको र होम आइसोलेसनमा रहेको पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । आज थप भएका संगै बाणगंगामा जम्मा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । यसमध्ये सक्रिय संक्रमित ९१ जना रहेका छन् । सक्रिय संक्रमित बाहेक सबै निको भएका उहाको दाबी छ ।
प्रतिक्रिया