मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा सम्पन्न भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा जितपुर च्याम्पियन बनेको छ । शनिबार राति १० बजे भएको फाइनल खेलमा आयोजक प्रकाश सेन र लाल बहादुर श्रेष्ठको जोडीलाई पराजित गर्दै जितपुरका खड्क आले र प्रकाश रानाको टोली च्याम्पियन बनेको हो ।
निकै रोचक उपाधि भीडन्तमा आलेको जोडीले आयोजक प्रकाश सेनको जोडीलाई २–१ को सेटमा हरायो । तिन सेट भएको खेलमा पहिलो सेट १९–२१ मा आलेको जोडीले आफ्नो पक्षमा पार्यो । त्यसपछि दोश्रो सेटमा प्रकाशको टोलीले उत्कृष्ट पुनरागमन गर्दै २१ –१८ को सेटमा जित हासिल ष्र्यो । लामो प्रयास गर्दा गर्दै अन्तिम सेटमा भने आलेको टिमले २१–२८ ले आफ्नो कब्जामा पार्दै च्याम्पियनन नै बने । खेलमा ३० टिम सहभागी भएका थिए । यस्तै ओदारीको राजेश चौधरी र मनोहर कुमार याोगीको टोलीले तेश्रो स्थान हासिल गरेको छ । उनीहरुलाई पनि नगद सहित पुरस्कृत गरियो । प्रतियोगितामा खडक आले उत्कृष्ट खेलाडी हुँदै ट्रफी र सानीमा लाइफ इन्स्यूरेन्सको तर्फबाट आकर्षक उपहार पाए ।
विजेता टोलीले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पायो भने उपविजेता टोलीले नगद ८ हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो । प्रतियोगितामा ओदारीका मनोहर कुमार योगीको जोडी र राजेश चौधरीको जोडीले तृतीय पुरस्कार पाए ।
विजयी खेलाडीलाई महान क्लवका अध्यक्ष रविन्द्र प्रताप सेन, सचिव कृष्ण अर्याल, समाज सेवी रनेन्द्र सेन, झुँगा टोल विकास समितिका सचिव दामोदर पौडेल, समाजसेवी राजन सेन, खेल संयोजक अमर रेश्मी, कृष्ण प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
यसैबीच विजेता र उपविजेता टोलील जितेको मध्येबाट केही रकम सामाजिक काममा लगाउने गरेका छन् । स्थानीय मुहान ब्याडमिन्टन क्लवले आयोजना गरिएको प्रतियोगिताबाट बचेको रकम मन्दिरलाई सहयोग गरिने क्लवले जनाएको छ ।
प्रतिक्रिया