बुटवल ।
दुईदिनदेखि बेपत्ता भएका बुटवलका एक बालकको शव फेला परेको छ । बुटवल ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर मावितिर गएपछि घर फर्केका थिएनन् ।
शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए । बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका उनी एकमात्र छोरा थिए ।
साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा उनी डुबेपछि अरूसाथीहरु डरले घर फर्केपनि कसैलाई केही भनेका थिएनन् तर प्रहरीको सोधपुछ पछि उनी डुबेको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए ।
बेपत्ता भएपछि परिवारजनमा दशैँको मुखमा चिन्ता थपिएको छ । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन् । खोजी गरिदिन परिवारजनले अपील गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको बुटवल प्रहरीले जनाएको छ ।
प्रतिक्रिया