मायादेवी अनलाइन, चार नम्बर ।
नेपालीहरुको महान चाड वडा दशैंको रौनकताले यतिबेला चारैतिर ढाकेको छ । बर्षमा एक पटक आउने दशैं नेपालीहरुको हर्षौउल्लासको चाड हो ।
स्थानीय सरकारका रुपमा रहेका सरकार प्रमुखहरुले यो बर्षको दशैं कसरी मनाउँदैछन् ? मायादेवी अनलाइनले कपिलवस्तुका केही नगर प्रमुखसंग बुजिरहेको छ ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीको यो पालि टिका छैन् । गत बर्ष टिका लगाएको अधिकारी परिवार यो बर्ष खाली निधार बस्ने छ । यद्यपि कोरोना महामारीका कारण नगरबासीलाई घरमै बसेर दशैं मनाउन नगर प्रमुख अधिकारीले आग्रह गर्नुभएको छ ।
‘यो बर्ष हाम्रोे टिका छैन । तरपनि घरमै बसेर रमाइलो गर्ने योजना बनाएको छु । आफुले टिका नलाएपनि अरुले लगाएको हेरेर रमाइलो गर्दैछु । अरुको खुसीमा रमाउन सक्नु नि ठूलो कुरा हो । यो बर्ष टिका नभए पनि कति जाने योजना छैन् । कोरोना महामारीले विश्व आक्रान्त भैरहेको बेला आफु बाँच्नु र बचाउँनु ठूलो कुरा छ । घरका सदस्यहरुसंग सुख दुख साटसाट गर्ने छौं ।’
मायादेवी अनलाइनसंग संक्षिप्त प्रतिक्रिया दिदैं नगर प्रमुख अधिकारीले आम नगरबासी तथा नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरुलाई घरमै बसेर टिका लगाउन आग्रह गर्नुभएको छ । ‘यो बर्ष कोरोनाले गर्दा घरका मात्र सदस्यहरुले टिका लगाउनु पर्ने स्थिति छ । बाहिर टिका थाप्दै हिड्ने अवस्था छैन । ज्यान रहे अर्को बर्ष टिका लगाऔंला । ज्यान बचाउनु नै ठूलो कुरा छ । दशै त हरेक बर्ष आउँछ । सबैलाई घरमै बसेर दुखसुख साटेर, स्वास्थ्य मापदण्डको पालना गरेर दशैं मनाउन सबैमा आग्रह गर्दछु, नगर प्रमुख अधिकारीले थप्नुभयो ।’
प्रतिक्रिया