८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘९० बर्षीय ठूलो बुवा र ८० बर्षीया आमाको हातबाट टिका थाप्दैछु’



मायादेवी अनलाइन, चार नम्बर ।
कृष्णनगरका शाह परिवारको नेपाली राजनीतिमा छुट्टै छाप छ । त्यही शाह परिवार भित्रको चर्चित नाम हो रजत प्रताप शाह । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रहनुभएका शाहले यो बर्ष बृद्ध आमा र ठूलो बुवासंग टिका थाप्दै हुनुहुन्छ ।

८० बर्षीया आफ्नै आमा सादवी शाह र ९० बर्षीय ठूलो बुवा डा. रुद्र प्रताप शाहबाट दशैंमा टिका थाप्ने योजना रहेको नगर प्रमुख शाहले सुनाउनुभयो । कोरोना महामारीको बीच आएको यो बर्षको दशैंमा ठूलो तडकभडक नगरी दशैं मनाउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको महामारीकोबाट बच्न सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्न शाहले आग्रह गर्नुभएको छ । बढी भीडभाड गरेर दशैें मनाउन खोजे स्थिति थप जटिल बन्ने भन्दै यसमा सहज बन्न उहाँले आग्रह गर्नुभयो ।

नव दुर्गाभर पुजिएका दुर्गाको मूर्ती विसर्जनमा बढी भीडभाड हुने भन्दै त्यसको नियन्त्रणमा आफु फिल्डमै रहेको मायादेवीलाई प्रतिक्रिया दिनुभयो । दुर्गाको मूर्ती विसर्जन गर्दा भीडभाड नगर्न उहाँले आग्रह गर्नुभयो ।

दशैं एकपटक होइन पटक पटक आउने भन्दै स्वास्थ्य रहे सबै रहन्छ भन्ने सोच्न आग्रह गर्नुभयो । धार्मिक आस्था हुँदा हुँदै पनि कोरोनाले संकट निम्त्याएको भन्दै अर्को बर्ष फेरि हर्षोैउल्लासले दशैं मनाउँला भन्दै सबैमा उहाँले सन्देश प्रवाह गर्नुभएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ६ : ४४ बजे