पोखरा ।
पोखरा घुम्न आएका भारतीय युवकको गएराति मृत्यु भएको छ। भारतको आन्द्रा प्रदेश घर भएका २५ वर्षीय युवा किशोर कुमारको पोखरामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए।
काठमाडौंस्थित मनमोहन मेडिकल कलेजमा अध्ययनरत् किशोर स्वयम्भूमा डेरा बस्थे। साथीहरूसँग बिहीबार पोखरा आएका उनी बिरामी भएपछि गएराति उनका साथीहरूले पोखरास्थित चरक अस्पताल लगेका थिए। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन्। मृतक किशोरले नशालु पदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ।
प्रतिक्रिया