एजेन्सी ।
युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको मार्काले जनाएको छ ।
परिक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन् ।
युभेन्ट्सले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोनासँग आगामी बुधबार खेल्दैछ ।
यूईएफको नियम अनुसार कोरोना संक्रमित खेलाडीको रिपोर्ट खेल भन्दा एक हप्ता अघि नेगेटिभ हुनु पर्नेछ ।
जसको कारण कोरोना नेगेटिभ आएपनि रोनाल्डोले यूईएफएको प्रोटोकल अनुसार बार्सिलोनासँगको खेल खेल्ने छैनन् ।
नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।
३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए । यस्तै सिरी ुएु को खेल र च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल समेत गुमाएका थिए ।
कोरोनाको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएपछि रोनाल्डो पुन सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
प्रतिक्रिया