८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ



बाँके ।
बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तिरुवा र विकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  १० : १६ बजे