८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

माधव नेपालको ट्विटः रअ प्रमुखसँग भेट भएको छैन



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विङ ९रअ० का प्रमुख सामन्त गोयलसँग आफ्नो भेट नभएको स्पष्ट पारेका छन् ।

नेता नेपालले गोयलसँग भेट गरेको समाचार बाहिर आएपछि उनले त्यसको खण्डन गरेका हुन् । उनले आफूले रअका प्रमुखसँग भेट गरेको भनेर आएका समाचार भ्रामक र झुटो भएको बताएका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

यसअघि अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि रअ प्रमुखसँग भेट भएको भन्ने समाचारको खण्डन गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  २ : ५६ बजे