८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रधानमन्त्रीले रअ प्रमुखसंग भेट गरेपछि भीम रावलले आपत्ती जनाए



काठमाडौं ।
पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्त गोयलबीच भएको भेटवार्तालाई कूटनीतिक मर्यादा विपरितभन्दै आपत्ति जनाएका छन् ।

सो भेटलाई उनले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच शिष्टाचार भेट भएको प्रेस नोट जारी गरेपछि आएको ट्वीटमा नेता रावलले लेखेका छन्, ‘भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ । कूटनीतिक मर्यादाविपरीत छ ।’

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  २ : ५५ बजे