एजेन्सी ।
आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ ।
जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहमान २१ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३० रनको योगदान दिए ।
कोलकाताले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । बैंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजले उत्कृष्ट प्रदर्शन गरे । उनले २ मेडन ओभरसहित ३ विकेट लिए । उनले ४ ओभरमा जम्मा ८ रन मात्र दिए ।
यस्तै युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।
जितसँगै बैंगलोर १० खेलमा ७ मा जित र ३ मा हारसहित १४ अंक सहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया