काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा प्रस्ताव गरेको छ । सोमबारदेखि सुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो ।
जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बताए । ‘डा भट्टराईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव भएको छ,’ बैठकमा सहभागी सुमनले भने, ‘यो प्रस्ताव पारित हुने निश्चित छ ।’ उनले संघीय परिषद्को सदस्यहरू केन्द्रीय समितिले तोक्ने तय भएको बताए ।
परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिए ।
प्रतिक्रिया