८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशका कोरोना अस्पतालमा निःशुल्क उपचार यथावत्ः मुख्यमन्त्री पोख्रेल



रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निस्शुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको छ । संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले भने प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि निस्शुल्क उपचारको व्यवस्था भएको फेसबुकमार्फत जानकारी दिनुभएको छ । परीक्षण उपचारको लागि पनि शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  १ : ४२ बजे