८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बालुवाटारमा ओली प्रचण्डबीच तीन घण्टा कुराकानी



काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ३ घण्टा लामो भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको बार्ता साढे २ बजेपछि सकिएको थियो।

बैठकमा पार्टी एकताको काम टुङ्ग्याउने बिषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। ३ महिनामा टुङ्ग्याउने भनिएको पार्टी एकता ३ बर्ष पुग्‍न लाग्दा समेत टुंगिन सकेको छैन ।

त्यस बिषयमा आज भएको भेटवार्तामा विशेष छलफल भएको सापकोटाले बताए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्ति लगायतको विषयमा पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि भदौ २६ गतेको पार्टी सचिवालयको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन तयारी गरिएको छ। तर त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ३ : ३५ बजे