काठमाडौं ।
अनशनरत डा. गोविन्द केसीका तर्फबाट गठित टोली र सरकारी वार्ता टोलीबीच औपचारिक वार्ता केही बेरका लागि रोकिएको छ । शिक्षा मन्त्रालयमा बसिरहेको वार्ता ४ बजेसम्मका लागि रोकिएको हो ।
बैठक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका शिक्षा मन्त्रीहरूको भर्चुअल बैठकका कारण रोकिएको शिक्षा मन्त्रालयले बताएको छ । सरकारका तर्फबाट शिक्षासचिव गोपिनाथ मैनालीले नेतृत्व गरेका छन् भने डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीले संयोजन गरिरहेका छन् ।
डा. केसी २५ दिनलेखि विभिन्न ६ बुँदे माग राख्दै अनशनमा बसेका छन् । उनको यो १९ औँ अनशन हो ।
प्रतिक्रिया