८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु



बुटवल ।

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका ६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । अस्पताल भर्ना भएकै दिन उनमा संक्रमण पुष्टि भएको थियो । गौतमका अनुसार उनी मधुमेह र उच्च रक्त चापका बिरामी थिए । योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ३ : २५ बजे