कपिलवस्तु ।
टिभिएस एनटर्क १२५ सिसीको स्कुटीमा ग्राहकको आकर्षण बढ्दो छ । जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ । जगदम्बा मोटर्सले नेपालमा पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको जनाएको छ । हाल यो स्कुटर विभिन्न तीन भेरियन्टमा उपलब्ध छ ।
ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसन गरी तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समूहका चालकलाई सुहाउँदो रहेको कम्पनीको दाबी छ । नेपालमा १२५ सिसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सिसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसमा सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ । जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अलर्ट, एमएस अलर्ट, जिपिएस, टर्न बाइ टर्न नेभिगेसन जस्ता की फिचर रहेको छ । एनटर्क १२५ मा १२४.७ सिसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ। यसले ९.५ पिएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सिसीको भन्दा केही धेरै र १५० सिसीभन्दा केही मात्र कम हो । साथै शून्य प्रतिशत ब्याजमा फाइनान्सको सुविधा पनि रहेको र एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै जगदम्बा मोटर्सको कपिलवस्तुका लागि आधकिारिक विक्रेता वाणगंगा अटो ट्रेडर्सले पनि दशै तिहार तथा छठ पर्व सम्म ५ सय टिभिएस एनटर्क १२५ सिसि स्कुटी विक्री गर्ने लक्ष्य राखेको छ । ट्रेडर्सका प्रबन्ध संचालक मोहन न्यौपानेले दशै तिहार र छठ सम्म ५ सय बिक्रि गर्ने लक्ष्य रहेको भन्दै पछिल्लो समय यस स्कुटीप्रति ग्राहकको आकर्षण बढेको बताउनुभयो ।
उहाले दसैं तिहारलाई लक्षित गर्दै कम्पनीले ‘टिभिएस दसैंको आशा’ योजना पनि ल्याएको बताउनुभयो । ग्राहकले टिभिएस मोटरसाइकल खरिदमा नौ हजार र स्कुटरको खरिदमा सात हजार नगद छुट पाउनेछन् ।
प्रतिक्रिया