सुरुची बेलबास ।
स्त्री–पुरुष सम्बन्ध बहुआयामिक छ । यसको एक सुन्दर स्वरुप हो प्रेम । अनि प्रेमको विकृत अवस्था हो–बलात्कार । संसारमा अनेकथरि अपराध–कर्म छन् । बलात्कार निकृष्ट श्रेणीको हो। यसको निन्दा जति गरे पनि कम हुन्छ।
अब यस्तो अपराधको निन्दा र भत्र्सना गरेर मात्र पर्याप्त छैन । आवेश र सजायले मात्र उनीहरुको अपराध छेकिन्न । रोकिन्न । बलात्कारबाट यो समाजलाई मुक्त राख्न अब नयाँ तरिकाबाट यसमा बहस र काम गर्नु जरुरी छ ।
अब यस्ता अपराधलाई ठुलै र विश्वले अपनाएको दण्डको विष्यमा सोच्न जरुरी छ । म त भन्छु मिल्छ र सकिन्छ भने संवैधानिक रुपमा अब बलात्कार गर्नेलाई फासीको सजायको व्यवस्था गरिनु पर्दछ ।
सरकार, राजनीतिक दल, यस क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरू र आम जनता सबैले ‘निर्मला प्रकरण’बाट शिक्षा लिएर महिला हिंसाको रोकथामका निम्ति युगान्तकारी पाइला चाल्ने अवसर थियो र आज पनि छ।
यसका लागि सबैभन्दा पहिले वृहत् पृष्ठभूमिको मौलिक ज्ञान अनिवार्य छ । टुक्रे विकासे सेमिनारे गफ गरेर धेरै टाढा पुगिन्न । यदि संसारका सबैभन्दा विकसित, शिक्षित, धेरै सक्षम र आधुनिक सुरक्षा प्रणाली भएका देशमा पनि बलात्कार बढिरहेको छ भने स्थितिको जटिलता सहजै अनुमान गर्न सकिन्छ।
कति रोयौ होला…कति छटपटायौ होला…जुन वेदना हामी सोच्न पनि सक्दैनौँ…त्यो पिडा तिमीले कसरी भोग्यौ होला..सिरिङ्ग हुन्छ ! म तिम्रो निम्ति मात्र न्याय मागिरहेको छुँइन । समाजको सामूहिक चेतनाको निम्ति न्यायको याचना गर्दै छु।’ (अहिले घटिरहेका बिभिन्न बलात्कारकेन्द्रित समाचारले दुखी बनाएपछि…)
मलाई आफ्ना जनप्रतिनिधिहरूको सामूहिक विवेकमा अझै विश्वास छ। हामी उनिहरूको ज्यान फिर्ता ल्याउन सक्दैनौँ । तर, हामी उनीहरूको बलिदानबाट भविष्यका निम्ति गोरेटो निर्माण गर्न सक्छौँ। एक यस्तो बाटो, जसमा नेपाली नारीहरू निर्भय भएर जीवन–यात्रा गर्न सकून् ।
सुरुची बेलबास (विद्यार्थी) , बुटवल बेलबास ।
प्रतिक्रिया