८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अनसनरत डा. केसीपक्षसंग आज सरकारले वार्ता गर्ने



काठमाडौं ।

आमरण अनसनरत डा। गोविन्द केसी पक्ष र सरकारबीच भोलि बिहीबारदेखि औपचारिक सम्वाद सुरु हुने भएको छ । सम्वादका लागि बुधबार दुबै पक्षले वार्ता टोलीहरु गठन गरेका छन् ।

डा केसी अनसन बसेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा। केसीका तर्फबाट पनि वार्ता टोली बनेको छ । डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, पूर्वअध्यक्ष डा। अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

सरकारी र डा। केसीको वार्ता टोलीबीच विहीबार अपराहृन ४ बजे वार्ता गर्ने तय भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका शिक्षामन्त्रीहरुको भर्चुअल बैठक दिउँसो साढे ३ बजे मात्र सकिने भएकाले डा। केसीको टोलीसँग बिहानै वार्ता गर्न सम्भव नभएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ७ : १२ बजे