मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको गोरुसिंगेमा रहेको मायाज इन्टरनेश्नल होटलमा म्याद नाघेका पेय पदार्थ खुलेआम बिक्री गर्ने गरिएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको संयुक्त अनुगमनका क्रममा पिउने म्याद नाघेका कोक, फेन्टा, स्प्राईट, डाबर रियल जुस, सोडा लगायतका पेय पदार्थ बेच्ने गरिएको पाइएको हो ।
प्रशासन कार्यालयका सहायक प्रजिअ गणेश नेपालीको अगुवाईमा गरिएको बजार अनुगमन टोलीले बुधवार होटल मायाजमा सो म्याद गुर्जेका पेय पदार्थ फेला पारेको थियो । सहायक प्रजिअ नेपालीले होटल मायाजबाट म्याद गुज्रेका ढाई लिटरको स्प्राईट ६ थान, कोक ६ थान र फेन्टा एक थान फेला पारिएको बताए । यस्तै ढाई सय एमएलको कोक नौ थान, फेन्टा २२ थान स्प्राईट ६ थान र सोडा २९ थान तथा डाबरको एक लिटरको जुस थान २८ वटा फेला पारिएको छ ।
अनुगमन टोलीले फेला पारेका ती जुस जफत गरेको सहायक प्रजिअ नोपलीले बताए । बाणगंगा नगरपालिकामा रहेको कोकको डिलरको कोदाममा समेत तत्कालै अनुगमन गर्न ईलाका प्रशासन कार्यालय बाणगांलाई निर्देशन दिईएको नेपालीले बताए । कोकको गोरुसिंगेमा समेत डिलर छ । दशै तिहार लगायतका चाडबाडलाई लक्षित गरी मंगलावर देखि बजार अनुगमन सुरु गरिएको उनले बताए । मंगलबार तौलिहवा बजार र बुधवार गोरुसिंगेमा बजार अनुगमन गरिएको छ ।
यो पनि पढ्नुहोस ओदारी-घरबुदियाको गुप्ता जनरल स्टोर्स सिल, म्याद गुज्रेका खाद्य सामग्री बेचेको पाइयो
अनुगमनका क्रममा पसलहरुमा मूल्य सूची नरहेको, नाप तौल गर्ने काटा उचित नभएको, सरसफाईमा कमी र म्याद नाघेका विभिन्न खाद्यन्न बस्तु भेटिनुका साथै मासु पसलमा खुशी बोका काट्ने ठाउँ पाठी र बाख्रा देखिएको नेपालीले बताए ।
किराना पसल, मासु पसल ,मिठाई पसल तथा होटल र बेकरी पसलमा अनुगमन गरिएको थियो । मानव स्वास्थ्य महत्वपुर्ण भएकोले ब्यवसायीहरुले ब्यापार गर्दा गुणस्तरमा ध्यान दिन सबै व्यापारीलाई सचेत गराउदै आगामी दिनमा नियम विपरित फेला परे कानुन बमोजिम कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । ‘कमीकजोरी गरेका ब्यवसायीलाई एक पटकका लागि सचेत गराएका छौ’ उनले भने ‘सुधार नगरे कारबाही गर्छौ ।’
अनुगमनमा जिल्ला प्रशासन कार्यालयसहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु उद्योग शाखा, तौलिहवा उद्योग वाणिज्य संघ, तौलिहवा चेक्बर अफ कमर्स, नेपाल प्रहरी शसस्त्र प्रहरीको टोली लगायतको सहभागीता थियो । म्याद नाघेका तथा बजार अनुगमनमा भेटिएको अखाद्य पदार्थहरु नष्ट गरिएको थियो ।
प्रतिक्रिया