काठमार्डौं ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको निधन भएको छ । निधन हुनेमा १० जना पुरुष र पाँचजना महिला रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा दुई महिला र चार पुरुष गरी ६ जनाको निधन भएको छ । मोरङमा दुई पुरुषको निधन भएको छ । सिराहा, रौतहट र दाङमा एक–एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ललितपुर, चितवन, रुपन्देही र नवलपरासीमा एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ७८ पुगेको छ ।
प्रतिक्रिया