बुटवल ।
तिलोत्तमा नगरपालिका रुपन्देहीका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख आफैले फेसबुक वालमा लेखेका छन्।
आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउँदै उनले विगत केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
मंगलबार बिहान कोरोनासँग मिल्दो लक्षण देखिएपछि घिमिरेले पीसीआर परीक्षण गराएका थिए। होम आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको घिमिरेले बताए।
प्रतिक्रिया