मायादेवी अनलाइन, जितपुर ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्सद्धारा चन्द्रौटाले मृत्युदाबी रकम भुक्तानी गरेको छ । सोमबार एक कार्यक्रमका बीच मृतकका ३ परिवारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो ।
मृतक अयोध्या प्रसाद थारको श्रमिती दिपाकुमारी चौधरीलाई ५० हजार, लालबहादुर शेरबुजाको श्रीमती हरिकला शेरबुजालाई ७५ हजार र मृतक भुमीसरा सिंजालीका श्रीमान सितल सिंह सिजालीलाई १ लाख ३० हजार रुपैया प्रदान गरिएको हो ।
सारथी लघुवित्त विजयनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै इन्स्योरेन्स चन्द्रौटा शाखा प्रमुख देव सापकोटाले बिमाको महत्व प्रष्टाएका थिए ।
उनले आफुसक्दो बिमा गर्न सबैलाइ आग्रह गरे । लघुवित्तका सदस्यरहेका उनीहरुलाई आज संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया